२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमका पहाडी जिल्लामै पहिलो डडेल्धुरा जिल्लामा ग्रामिण सडक कालोपत्रे शुरु

२ पुष २०७२, बिहीबार १५:३१

ललित बोहरा, पुष २, डडेल्धुरा / सुदूरपश्चिमका पहाडी जिल्लामै पहिलो डडेल्धुरा जिल्लामा ग्रामिण सडक कालोपत्रे शुरु भएको छ ।

बागवजार वगरकोट सडक खण्ड अन्र्तगत जिल्ला सदरमुकाम देखी बगरकोटको डुङरी सम्मको १८ किलोमिटर सडक मध्ये ६.७ किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । ग्रामिण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाको आर्थिक सहयोगमा १३ करोड ३९ लाख रुपैंयाको लागतमा सडक कालोपत्रे हुन थालेको छ ।

वाँकी ११.३ किलोमिटर सडकको समेत डिटेल सर्वे भईसकेको र अर्को चरणमा कालोपत्रे गरीने सरकारी अधिकारीले वताएका छन् । वागवजार –वगरकोट सडक खण्ड अन्र्तगत विरादे सम्म कालोपत्रे गनृका लागि काम शुरु भईसकेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका निमित्त प्रमुख दिपक ओझाले वताउनु भयो । ‘ सडक कालोपत्रे गर्नका लागि निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले काम शुरु गरेको छ तर भारतको अघोषित नाकावन्दीका कारण ईनधनको प्रयाप्तता नहूँदा केही समस्या आएको छ ।’

निमित्त प्रमुख ओझाले भने । दुई वर्ष भित्रै कालोपत्रे गर्ने काम सम्पन्न हुन सक्छ । कालोपत्रेका लागि निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरीसकेको छ ।

उक्त सडकवाट जिल्लाको वगरकोट, रुपाल, भागेश्वर, देवल दिव्यपुर, चिपुर, लगाएत बैतडी जिल्लाका तल्लो स्वराड क्षेत्रका १० गाविसका लाखौं स्थानिय वासीन्दा लाभान्वित हुने भएका छन् ।

सडक कालोपत्रे हुन थालेपछि सो क्षेत्रका स्थानिय वासीन्दा खुसी भएका छन् । सडक निजर्माण शुरु भएको झण्डै २५ वर्ष पछि कालोपत्रे हुन थाले पछि स्थानिय वासीन्दा खुसी भएका छन् ।

‘सडक कालोपत्रे भए संगै वाह्ै महिना सहज रुपमा यातायात संचालन हुँदा आफुहरुले उत्पादन गरेका कृषि जन्य पदार्थ वजार सम्म लैजानुका साथै विरामीलाई उपचारका लागि सदरमुकाम सम्म लैजान सकिन्छ ।’ वगरकोटका भोज भट्ट ले । यती मात्रै नभई डुङरी सम्मको सडक लाई कालोपत्रे गर्नु आवश्यक रहेको समेत स्थानिय वासीन्दा भट्टले भने ।

डडेल्धुरा जिल्ला मात्रै नभई बैतडीका तल्लो स्वराड क्षेत्रका १३ गाविसका लाखौ स्थानिय वासीन्दाको समेत सहज यातायातका लागि यो सडक आवश्यक भएकाले पुरै १८ किलोमिटर सडक कालोपत्रे गर्नु पर्ने बैतडीको तल्लो स्वराडका स्थानिय वासीन्दाले समेत माँग गरेका छन् । यसैगरी दोस्रोचरणमा वाँकी सडक कालोपत्रे गरीने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

सन २०१७ सम्म आर्थात दुई वर्षको अवधीमा निर्माण सम्पन्न गरिसक्नु पर्ने जिम्मेवारी पाएको राजेन्द्र निर्माण सेवाले भने नाकावन्दीका कारण ईन्धनको आपुर्ती हुन नसक्दा काम गर्नमा ढिलाई भईरहेको वताएको छ । डडेल्धुरा जिल्ला मात्रै नभई सुदुरपश्चिमका पहाडि जिल्लामै वागवजार–वगरकोट सडक पहिलो ग्रामिण सडक कालोपत्रे हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र