2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कुखुरापालक किसानलाई समस्या

चैत १९, मोरङ । पथरी शनिश्चरे नगारपालिका – १२ का राजिव खड्काले नजिकैको सहकारीबाट घर धितोमा राखेर रु तीन लाख ऋण लिई ब्रोइलर कुखुरा पाल्नका लागि आधुनिक खोर निर्माण गर्नुभयो । 

होटल व्यवसाय छोडेर सुरु गरेको ब्रोइलर कुखुरा पाल्न व्यवसायमा नाफाको सट्टा घाटा व्यहोर्नु परेपछि अहिले उनी यो व्यवसाय नै त्याग्नु भएको छ । 

‘एक वर्षअघि लिएको ऋणको ब्याज तिर्दैछु,’ उहाँले भन्नुभयो– ‘कुखुरा पालेर ऋणमा परें ।’ ६ सय कुखुरा अट्ने खोर अहिले खाली छ, खड्काले भन्नुभयो– कुखुरा सप्लायर्सका कारण आफूहरुले मूल्य नपाउँदा घाटा व्यहोर्नु परेको हो । 

पथरी शनिश्चरेकै वडा नं ११ का प्रकाश माझीले एक वर्षजति ६ सय ब्रोइलर कुखुरा पालें तर नाफाको सट्टा घाटा बढ्दै गएपछि उहाँले पनि उक्त व्यवसाय छोडेर विदेश जाने तयारीमा हुनुहुन्छ । 

‘खोर निर्माण र कुखुरालाई खुवाएको दानाको रकम तिर्न सकिन, विदेश जाने सोचमा छु,’ उहाँले भन्नुभयो, “हामीले पालेको कुखुराको मूल्य अरुले तोकेको आधारमा हुने भएका कारण समस्या भयो ।” 

कुखुरापालक किसानको हितका लागि खोलिएका सङ्घ संस्थाले पनि केही गर्न नसकेको गुनासो उनीहरुको छ । ‘सामान्यतया ६ सय कुखुरा पाल्नका लागि खोर निर्माण गर्न रु एक लाखदेखि डेढ लाखसम्म लाग्छ,’ कुखुरा व्यवसायी विनोद शर्माले भन्नुभयो –‘खोरको लगानीबाहेक ६ सय कुखुरालाई बेच्ने अवधिसम्ममा झन्डै रु एक लाख ७० हजार लागत खर्चपर्छ, तर बिक्री गर्दा रु एक सय ८० देखि रु. एक सय ९० किलोग्रामले बेच्दा पनि लागत उठ्दँैन । 

चल्ला तथा दानाको मनपरी मूल्य निर्धारण गर्ने तर उत्पादित ब्रोइलर कुखुराको मूल्य पनि तिनै बिचौलियाले गरिदिँदा किसान मारमा परेको गुनासो उनीहरुको छ । 

बजारमा उपभोक्ताले कम मूल्यमा कुखुराको मासु पाउँदैनन् । कुखुरापालक किसानमाथि ह्याचरी, दाना उत्पादक तथा दाना डिलरले सिन्डिकेट लगाएर आफूहरुलाई मार पारिरहेको किसानको दाबी छ । 

जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवले कृषि कार्यालयले न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । 

‘सुली र बोरा बेचेर कुनै पनि किसानको जीविका चल्दैन,’ कुखुरापालक किसान राजेश तामाङले भन्नुभयो, “सरकारले कुखुरापालक व्यवसायका लागि लोककल्याणकारी नीति बनाउनु आवश्यक छ । कुखुरा व्यवसाय सञ्चालनका लागि चल्ला र दानाले मात्रै नपुग्ने भएको कारण अन्य कच्चा पदार्थ औषधि, सोत्तर (भुसा) बिजुली, खोर निर्माण, जग्गा भाडा, ढुवानी र कामदारको ज्याला तिरेर उत्पादन गरेको कुखुराको लागत मूल्य अनुसारको मूल्य निर्धारण सरकारले गर्नुपर्ने माग किसानको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई