2026-09-19 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा एकैदिन तीन जाना मृत भेटिए

सास/चैत २०, बैतडी । बैतडीको छुट्टा–छुट्टै ठाँउमा आईतबार मात्रै तीन जना मृत अवस्थामा फेला परेका छन् । 

मृत भेटिनेमध्ये एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्लाको सिगास गाँउपालिका– १ मैतडमा जिकैको पानीघट्टमा मकै पिध्न गएकी एक महिला नजिकैको खोलामा मृत भेटिएकी छिन् । उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

मैतडीकी ३५ बर्षिया लालमती बोहराको हत्या भएको अवस्थामा सव फेला परेको हो । उनको टाउकोमा दाउरा र ढुंगाले हिर्काएर हत्या गरिएको मृतकका देवर पठान बोहराले बताए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको एक टालि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख हेरम्ब शर्माले बताए ।

मृतक लालमतीका १ छोरा र दुई छोरी छन् । उनका श्रीमान हरिभान बोहरा कामको सिलसिलामा भारतमा छन् । यस्तै चैत्र १५ गतेदेखि वेपत्ता भएको बैतडीको दशरथचन्द नगरपालिका– १० बुढ्ढा का ६० वर्षिय नरबहादुर चन्द पनि आज स्थानीय सामुदायिक वनमा मृत फेला परेका छन् ।

उता शनिबार देखि सम्पर्कमा नआएका डिलाशैनी गाँउपालिका–३ अम्मरपानीका ५० वर्षिय बिरपल भुल पनि घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भुलले भिरबाट हाम फालेर आत्माहत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई