२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला बजारमा खानेपानिको हाहाकार हुने उच्च संभावना

२०७३, २२ चैत्र मंगलवार ०२:३५

नन्दराम जैशी | चैत्र २२, जुम्ला | जुम्ला बजारमा यस बर्ष खानेपानिको हाहाकार हुने उच्च संभावना देखिएको छ । बढ्दो खडेरी र जलवायु परिवर्तनका कारण पानिका मुहान सुक्दै गएपछि जुम्ला बजारमा गत बर्षजस्तै यस बर्ष पनि खानेपानिको हाहाकार हुने संभावना देखिएको हो । 

खलंगा खानेपानि उपभोक्ता समिति जुम्लाका अनुसार बजारमा बढ्दो जनसंख्या र खडेरीका कारण पानिका मुहान सुक्दै गएपछि खानेपानि प्रवाहमा हिजो आज नै समस्या हुन थालेको छ । समितिद्धारा १२ सय ५० जना उपभोक्ताले पानि उपभोग गर्दै आएपनि हिजोआज सबै पानिका लाइनमा प्रयाप्त मात्रामा पानि प्रवाह गर्न नसकिएको समितिले जनाएको छ । समितिका कोषाअध्यक्ष कालि बहादुर महतले बजारमा खानेपानिको हाहाकार हुने संभावना देखिएपछि बैकल्पीक उपायको खोजि भैरहेको जानकारी दिनुभयो । हाल रहेका मुहानको पानिले सबै उपभोक्तालाइ नपुग्ने संभावना देखिएपछि पम्प खरीद गरी पम्पबाट पानि तानेर उपभोक्तालाइ बितरण गर्ने तयारी भैरहेको उहाले बताउनुभयो । उहाले भन्नुभयो, यस बर्ष आवाश्यक मात्रामा हिँउ तथा बर्षा भएको छैन, सुख्खा मौषमका कारण पानिका मुहान सुक्दै छन् । हामि कसरी उपभोक्तालाइ समान पानि बितरण गर्ने भन्नेमा चिन्तीत भएका छौ, यसमा सबैसँग छलफल गरेर अघि बढ्नुपर्ने देखिन्छ । 

खानेपानिका पाइप बिच्छाइएका बजार तथा बाहिरका क्षेत्रमा सडक निर्माण तथा सिँचाइ कुलो मर्मतका कारण बेला बेलामा पाइप फुट्ने समस्याले बजारका कुनै क्षेत्रमा दैनिक जसो पानि बितरणमा समस्या भएको उहाको भनाइ छ । कोषअध्यक्ष महतले भन्नुभयो, उपभोक्ताहरुलाइ आफ्नै घरमा खानेपानि प्रयोग गर्न समस्या भैरहेका बेला उपभोक्ताको घरपरिवार भन्दा धेरै मानिसहरु घर भाडामा बस्छन्, त्यसैले धेरै मानिसले समितिको पानि प्रयोग गर्दा उनिहरुले सोचे अनुरुप खानेपानि प्रवाह गर्न नसकिएको हो, उहाले बताउनुभयो । खलंगा खानेपानि उपभोक्ता समितिका कर्मचारी नरेन्द्र बहादुर महतले माथिल्लो बिजयनगर र सिंगाचौर क्षेत्रमा घरहरुमाथि र पाइपलाइन तल भएका कारण नियमित खानेपानि प्रवाहमा समस्या भएको बताउनुभयो । बससपार्क लगाएतका तत्लो क्षेत्रमा उपभोक्ताहरुले पानि खानमा मात्र नभइ सिँचाइका लागि पनि प्रयोग गर्ने गरेकाले अन्य उपभोक्तालाइ समस्या भएको उहाको भनाइ छ । हाल प्रत्येक उपभोक्ताले मासिक ८० र सो भन्दा माथि मिटरका हिसाबले पानिको बिल तिर्ने गरेका छन् । उपभोक्ताबाट संकलन भएको रकम खानेपानि मर्मत र कर्मचारीको तलबमा खर्च हुने गरेको समितिले जनाएको छ । भने उपभोक्तालाइ सुद्ध खानेपानि प्रवाह गर्ने उदेशयले समितिले ठिन्केमा फिल्टर ट्याङकी निर्माण गरीरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी