Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पढाइ र घर खर्च जुटाउन म्यादी प्रहरी बन्दै महिला

२०७३, २२ चैत्र मंगलवार ०४:४०

चैत २२, गुलरिया (बर्दिया) । ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो । 

कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दुर्गाले अन्तिममा आएर लिखित परीक्षा पास गर्न सकिनन् । 

स्थानीय तह चुनावका लागि आह्वान गरिएको म्यादी प्रहरीमा आवेदन दिन सदरमुकाम आएकी दुर्गाले भनिन्, “प्रहरी हुने सानैदेखिको इच्छा हो । पहिलोपटक असफल भएँ । प्रहरी नै हुन नसके पनि यसपालि म्यादी प्रहरी बन्ने धोको छ ।” उनीजस्तै धेरै महिला यतिखेर म्यादी प्रहरीको लाइनमा छन् । सामान्य लेखपढ गरेका मात्र होइन, स्नातक तह पढ्दै गरेका युवती र गृहिणीको म्यादी प्रहरी बन्ने धोको छ । महिलामध्येमा पनि थारु महिला बढी छन् । म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने र घरखर्च पनि चलाउन सजिलो हुने उनीहरूको भनाइ छ । सदाशिव बहुमुखी क्याम्पस मगरागढीमा स्नातक प्रथम वर्षमा पढ्दै गरेकी आशाकुमारीले म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने हुनाले म्यादीमा भर्ना हुन आएको बताइन् । 

“यतिखेर समय खाली छ । फुर्सद छ । समयको पनि सदुपयोग हुने, पढाइ खर्च पनि जुट्ने भएकाले म्यादी बन्ने इच्छा जागेको हो,” उनले भनिन् । विगतमा घरायसी काममा मात्र सीमित रहने महिला आजभोलि सामाजिक काम तथा अन्य क्षेत्रमा सक्रिय देखिनुले महिलाको चेतनास्तर बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन् । 

सरकारले म्यादी प्रहरीलाई सेवा सुविधा पनि राम्रै दिएकाले पनि यसमा आर्कषण बढेको महिला बताउँछन् । अघिल्ला निर्वाचनमा म्यादीका लागि महिलाले खासै चासो देखाउँदैन्थे । यसपालि भने बढी आकर्षित छन् । अनुभव पनि हुने र कमाइ पनि हुने भएकाले आफूहरू आकर्षित भएको महिला बताउँछन् । म्यादीको अनुभवले सेना प्रहरीमा जागिर खान सजिलो हुने धेरैको बुझाइ छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार म्यादीका लागि एक हजार १२७ महिलाले आवेदन दिएका छन् भने पुरुष चार हजार सात रहेको प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक बोहराका अनुसार एक हजार ११२ जनालाई म्यादीमा छनोट गरिने छ । 

म्यादी प्रहरीले तालिम लिएपछि नेपाल प्रहरीको जवानसरह तलब, पोसाक र रासन पाउनेछन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी