२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

घरेलु काममा बालश्रमिकको प्रयोग बढी

२२ चैत्र २०७३, मंगलवार ०४:४२

चैत २२, चितवन । चितवनको रत्ननगर क्षेत्रमा अझै ४२९ जना बालश्रमिक भेटिएका छन् । 

सन् २०१७ भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा यस्तो पाइएको रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो । 

जसका कारण नगरलाई सन् २०१७ भित्र बालश्रममुक्त र सन् २०१९ भित्र बालमैत्री नगर बनाउन चुनौती देखिएको छ । 

बाल संरक्षण र बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको रत्ननगर उद्योग वाणिज्य सङ्घले केही महिनादेखि यहाँ सर्वे गरेको हो । रत्ननगरमा यसअघि ५८४ जना श्रमिक बालबालिका थिए । यहाँ श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएकाले हाल १५६ जना मात्रै बालश्रमिक घटेको पाइएको छ । 

रत्ननगर उद्योग वाणिज्य सङ्घका सल्लाहाकार कपिलदेव सुवेदीका अनुसार कुल श्रमिक बालबालिकामध्ये ५६ दशमलव ६ प्रतिशतअर्थात् २३० जना बालबालिका चितवन स्थायी घर भएका छन् भने १० प्रतिशतअर्थात् ४३ जना रत्ननगर नै स्थायी घर भएका छन् । अरु मकवानपुर, धादिङ, गोरखा र भारतमा श्रमिक भेटिएका छन् । 

तीमध्य सबैभन्दा धेरै घरायसी श्रममा बालबालिका पाइएको तथ्याङ्कमा उल्लेख छ । उनीहरुले मासिक एक हजारदेखि १० हजारसम्म तलब खाने गरेको अध्ययनले देखाएको छ । एक घन्टादेखि १४ घन्टासम्म उनीहरुले श्रम गर्न बाध्य छन् । 

रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले बालश्रमिक राख्नु गैरकानुनी रहेको उल्लेख गर्दै समुन्नत समाज निर्माणका लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । 

कानुनअनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन । 

सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले सार्वजनिक गरिएको तथ्याङ्कले बालबालिकको क्षेत्रमा भावी कार्ययोजना बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ