Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २२ गते, बिहान १०:५५ बजे
दाङ्ग - DNG

दाङमा भैँसीले लतार्दा एक महिलाको ज्यान गयो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, दाङ । बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले लतार्दा एक महिलाको निधन भएको छ । 

भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो । चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानकारी दिनुभयो । 

गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रासस