२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा मुख्य निर्वाचन अधिकृत र नगर तथा गाउँपालिकामा निर्वाचन अधिकृत ताेकियाे (नामसहित)

२०७३, २३ चैत्र बुधबार ०२:०४

प्रज्वल पाैडेल। चैत २३,रामेछाप | निर्वाचन आयोगले रामेछाप जिल्ला सहित ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । अागामी बैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि आयोगको सोमबार बसेको बैठकमा उक्त निर्णय भएकाे हाे ।

निर्वाचन आयोगले रामेछापमा १ जना मुख्य निर्वाचन अधिकृत सहित ७ जना अधिकृतलाइ जिम्मेवारी तोकेको छ । मन्थली नगरपालिकाकाे कार्यक्षेत्र सहित जिल्ला अदालतका न्यायधिश किरणप्रसाद सिवाकोटीलाई रामेछाप जिल्लाकाे मुख्य निर्वाचन अधिकृत जिम्मेवारी सुम्पिएकाे छ ।

यसैगरी रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय रामेछापका न्यायाधिवक्ता कृष्ण प्रसाद पुडासैनी, उमाकुण्ड गाउँपालिकाको निर्वाचन अधिकृतमा सर्वाेच्च अदालका इजालस अधिकृत यदुराज शर्मा, गोकुलगंगा गाउँपालिकाको निर्वाचन अधिकृतमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी उपसचिव मिठु थापा, लिखु गाउँपालिकाको निर्वाचन अधिकृतमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव नारायण रिसाल नियुक्त गरेकाे छ ।

 त्यस्तै दाेरम्बा गाउँपालिकाकाे निर्वाचन अधिकृतमा राजापुर नगरकार्यपालिका वर्दियाका कार्यकारी अधिकृत चिरञ्जीवी गिरी, खाँडादेवी गाउँपालिकाको निर्वाचन अधिकृतमा वन तथा भूसंरक्षण मन्त्रालयका कानुन अधिकृत वशिष्ट कुमार घिमिरे र सुनापती गाउँपालिकाको निर्वाचन अधिकृतमा हुलाक प्रशिक्षण केन्द्रका उपसचिव चन्द्रकला चौँलागाइलाई नियुक्त गरेकाे छ ।

न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय, कानुन र सरकारी वकिल र प्रशासन समूहका ६६९ अधिकृतहरुलाई आयोगले जिम्मेवारी तोकेको छ। मुख्य निर्वाचन अधिकृतले वैशाख ३ गतेसम्म र निर्वाचन अधिकृतहरुले बैशाख १२ गते भित्र तोकिएको स्थानमा कार्यालय स्थापना गरिसक्नुपर्ने अायाेगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने