७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका तेह्र विद्यालय वर्षायामअगावै निर्माण हुने

२३ चैत्र २०७३, बुधबार ०५:०५

चैत २३, दोलखा | दोलखाको उत्तरी क्षेत्रका १३ विद्यालय वर्षायाम सुरु हुनुअगावै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको सिविन नेपालले जनाएको छ । 

नर्वेली दूतावासको सहयोगमा फोरुड टुकी–सिविनको साझेदारीमा उत्तरी क्षेत्रका १३ विद्यालय अहिले निर्माण भइरहेका छन् । भूकम्पले सबैभन्दा बढी क्षति भएको कालिञ्चोक गाउँपालिकाको लामीडाँडा, बाबरे, विगु गाउँपालिकाको खोपाचाँगु, आलम्पु, लादुक र चिलङ्खामा रहेका १३ विद्यालयको पुनःनिर्माण तीव्रगतिमा भइरहेको छ । 

वर्षायाम सुरु हुनुअगावै विद्यालय हस्तान्तरण गरिने योजना रहे पनि अहिले प्रत्येक दिनजसो परिरहेको वर्षाका कारण पुनःनिर्माणमा समस्या आएको छ । 

नेपाल सरकारको मापदण्डअनुसार भूकम्प प्रतिरोधी विद्यालय भवन ११७ कोठा निर्माण सिविन नेपालको सहयोगमा स्थानीय उपभोक्ता आफैँले गरेका हुन् । विद्यालयका प्रतिकोठा ३३ जनादेखि ५५ जनासम्म विद्यार्थी बसेर अध्ययन गर्न मिल्ने गरी विद्यालय भवन निर्माण भइरहेको हो । 

निर्माणाधीन विद्यालय भवन र निर्माण गरिने शौचालय अपाङ्ग तथा बालमैत्री र छात्रछात्रामैत्री हुनेछन् । सिविन नेपालका परियोजना व्यवस्थापक रवीन्द्र पराजुलीले विद्यालय भवनसँगै शौचालय, फर्निचर, खानेपानी र पुस्तकालयसमेत व्यवस्थापन गरिदिने बताउनुभयो । 

प्राथमिक विद्यालयमा तीनकोठे शौचालय र ४५ जना विद्यार्थी बराबर एक कोठाको शौचालय निर्माण गरिने पराजुलीको भनाइ छ । भूकम्पले जिल्लाभरका अधिकांश विद्यालय क्षति भएपनि धेरै विद्यालय अझै पनि अस्थायी सिकाइ केन्द्रकै भरमा छन् । दोलखाका उत्तरी क्षेत्रका १३ विद्यालयमा भवन बनेसँगै पठनपाठनमा समेत सहज हुने देखिन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे