२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका तेह्र विद्यालय वर्षायामअगावै निर्माण हुने

२०७३, २३ चैत्र बुधबार ०५:०५

चैत २३, दोलखा | दोलखाको उत्तरी क्षेत्रका १३ विद्यालय वर्षायाम सुरु हुनुअगावै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको सिविन नेपालले जनाएको छ । 

नर्वेली दूतावासको सहयोगमा फोरुड टुकी–सिविनको साझेदारीमा उत्तरी क्षेत्रका १३ विद्यालय अहिले निर्माण भइरहेका छन् । भूकम्पले सबैभन्दा बढी क्षति भएको कालिञ्चोक गाउँपालिकाको लामीडाँडा, बाबरे, विगु गाउँपालिकाको खोपाचाँगु, आलम्पु, लादुक र चिलङ्खामा रहेका १३ विद्यालयको पुनःनिर्माण तीव्रगतिमा भइरहेको छ । 

वर्षायाम सुरु हुनुअगावै विद्यालय हस्तान्तरण गरिने योजना रहे पनि अहिले प्रत्येक दिनजसो परिरहेको वर्षाका कारण पुनःनिर्माणमा समस्या आएको छ । 

नेपाल सरकारको मापदण्डअनुसार भूकम्प प्रतिरोधी विद्यालय भवन ११७ कोठा निर्माण सिविन नेपालको सहयोगमा स्थानीय उपभोक्ता आफैँले गरेका हुन् । विद्यालयका प्रतिकोठा ३३ जनादेखि ५५ जनासम्म विद्यार्थी बसेर अध्ययन गर्न मिल्ने गरी विद्यालय भवन निर्माण भइरहेको हो । 

निर्माणाधीन विद्यालय भवन र निर्माण गरिने शौचालय अपाङ्ग तथा बालमैत्री र छात्रछात्रामैत्री हुनेछन् । सिविन नेपालका परियोजना व्यवस्थापक रवीन्द्र पराजुलीले विद्यालय भवनसँगै शौचालय, फर्निचर, खानेपानी र पुस्तकालयसमेत व्यवस्थापन गरिदिने बताउनुभयो । 

प्राथमिक विद्यालयमा तीनकोठे शौचालय र ४५ जना विद्यार्थी बराबर एक कोठाको शौचालय निर्माण गरिने पराजुलीको भनाइ छ । भूकम्पले जिल्लाभरका अधिकांश विद्यालय क्षति भएपनि धेरै विद्यालय अझै पनि अस्थायी सिकाइ केन्द्रकै भरमा छन् । दोलखाका उत्तरी क्षेत्रका १३ विद्यालयमा भवन बनेसँगै पठनपाठनमा समेत सहज हुने देखिन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता