2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

छाला र हड्डी लुकाएर राख्ने युवक पक्राउ

news dadeldhura

ललित बोहरा । माघ ८, डडेल्धुरा । चितुवाको छाला र हड्डी तस्करीका लागि लुकाएर राख्ने युवक पक्राउ परेका छन् । तस्करीका लागि दुईथान चितुवाको छाला र एक सय ६४ वटा हड्डी लुकाई छिपाई गरेर राखेका डोटीको घण्टेश्वर गाविस वडा नं १ बस्ने प्रेम बहादुर डाँगिलाई प्रहरीले आज पक्राउ गरेको हो ।

उनले डडेल्धुराको आलिताल गाविस वडा नं ९ मा लुकाएर राखेको अवस्थामा दुई दिन पहिले प्रहरीको एक टोलीले ७ फिट लम्बाई, २ फिट २ ईन्च चौडाई भएको एउटा र ६ फिट ४ ईन्च लम्बाई र १ फिट १० ईन्च चौडाई भएको चितुवाको छाला स्थानीय डम्बर बहादुर कार्कीको बाख्राखोरबाट सुराकीको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

त्यस्तै चितुवाकै जस्तो देखिने ४१ वटा ठुलो र १२३ वटा सानोे हडुडी समेत बरामद गरिएको जनाईएको छ । ठूलो मात्रामा यसरी छाला र हड्डी बरामद गरेपछि प्रहरीले तस्करहरुको सक्रिय सञ्जाल हुन सक्नेमा आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई