2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा महिलाको नाममा लालपूर्जा बनाउनेको संख्या बढ्यो

लोकेन्द्र प्रशाद जोशी/चैत्र २४, दार्चुला । जिल्ला मालपोत कार्यालय दार्चुलाबाट चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कुल ५ सय ४८ घरजग्गा धनी लालपुर्जा बितरण गरीएको छ । 

आर्थिक बर्ष २०७३÷०७४ मा उक्त संख्यामा लिखत पास भएको हो । 

बिगत बर्षहरुको तुलनामा महिलाको नाममा नामसारी वा लिखत दर्ता गराउँनेको संख्या बढ्दै गएको छ । महिलाले समेत भुमी माथि स्वामित्व ग्रहण गर्ने भएपछि घर जग्गा आफ्नो नाममा राख्न महिलाहरु खुसी हुने गरेका छन्, आफ्नो नाममा जग्गा दर्ता गराउँन जिल्ला मालपोत कार्यालय पुगेका महिला सुमित्रा कोलीले आफ्नो नाममै घरजग्गा पास गर्न पाउँदा निकै खुसि भएको र अधिकारको महसुस भएको बताएका छन । 

चालु आर्थिक बर्षमा ग्रामीण क्षेत्रबाट ७१ र सहरी अर्थात नगरक्षेत्रका ८० जना गरी कुल १ सय ५१ जना महिलाहरुको नाममा लालपुर्जा पास भएको जिल्ला मालपोत कार्यालय दार्चुलाका खरिदार कालुराम सार्कीले जानकारी दिनुभयो । 

यस्तै दलीत जनजातीको नाममा ७, अपाङगता भएका ब्यक्तीको नाममा २ र बृद्धको नाममा एउटा लालपुर्जा पास भएको छ । यस्तै अन्यबाट ३ सय ९७ लालपुर्जा पुरुषको नाममा पास भएको मालपोत कार्यालयको तथ्यांक छ । पुरुषकै हाराहारीमा पुग्न नसकेपनि बिगतको तथ्याङक हेर्दा महिलाको नाममा नामसारी एब. लालपुर्जा दर्ता गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको सार्कीको भनाइ छ ।

गत आर्थिक बर्ष २०७२/०७३ मा कुल ९ सय १२ लालपुर्जा पास भएकोमा २ सय २८ महिलाहरुको नाममा लालपुर्जा पास भएको तथ्याङक कार्यालयको छ । कार्यालयका अनुसार गत आर्थिक बर्षमा महिला २ सय २८, दलित जनजाती ११ सहिद परिवारका १०, बृद्ध ३, अपाङग ३ र पुरुषको नामममा ६ सय ८४ लालपुर्जा दर्ता भएको थियो । 

मालपोत कार्यालयबाट जग्गा पास गराउँदा नगर क्षेत्रको ४ प्रतिषत र ग्रामिण क्षेत्रको २ प्रतिषत कर लाग्ने गरेको छ । भने महिलाहरुलाइ उक्त करमा नगरक्षेत्रको लागी २५ प्रतिषत र ग्रामिण क्षेत्रकोलागी ५० प्रतिषत छुटको ब्यबस्था रहेको छ । जिल्ला मालपोत कार्यालय दार्चुलाबाट हालसम्म संयुक्त लालपुर्जा भने न्युन संख्यामा पास भएको खरीदार कालुराम पार्कीले बताउँनुभयो ।

महिलाहरुको नाममा जग्गा दर्ता गराउँनेको संख्यामा बृद्धि भएको देखीएपनि महिला पुरुष संयुक्त लालपुर्जा बितरणको अवस्थाभने न्युन रहेको छ । 

बिगतमा संकल्प दार्चुला नामक गैरसरकारी संस्थाको पहलमा समेत संयुक्त लालपुर्जा बितरणको प्रयास भएको देखीन्छ । संकल्पले भने आफुहरुको पहलमा गत बर्ष १३ ओटा र चालु आर्थीक बर्षमा १० गरी २३ ओटा संयुक्त लालपुर्जा बितरण भएको जनाएको छ । संकल्पले दलित महिलाहरुको लागि भन्दै संयुक्त लालपूर्जा अभियान सञ्चालन गरेको हो । तर पछिल्लो समयमा भने अभियानले गति लिएको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई