२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लाका ग्रामिण स्वास्थ्य चौकीमा औषधीको अभाव

२०७२, १२ माघ मंगलवार १६:०९

माघ १२, डडेल्धुरा । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको चरम लापरवार्हीका कारण डडेल्धुरा जिल्लाको स्वास्थ्य चौकि हरुमा औषधीको चरम अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले औषधी खरीद प्रक्रियामा गरेको ढिलाईका कारण जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुमा अत्यावस्यकीय औषधीको चराम अभाव भएको छ । स्वास्थ्य चौकीमा नेपाल सरकारवाट निशुल्क रुपमा दिईने अधिकांस औषधीको अभाव भएको स्वास्थ्य चौकीले वताएको भएपनि जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले भने औषधीको अभाव नभएको दावि गरेको छ । समैजी स्वास्थ्य चौकीमा वालवालिका लाई आवश्यक पर्ने जिङ्क चक्की देखी एलर्जी र सिटामोल समेत नभएको वताएको छ ।

समैजी स्वास्थ्य चौकीमा यति मात्रै नभई नेपाल सरकाले दिने गरेको निशुल्क औषधी मध्ये ५० प्रतिशत औषधी समेत नरहेको स्वास्थ्य चौकी स्रोतले वताएको छ । विरामी आउछन् तर औषधी छैन ,जस्का कारण विरामीलाई रित्तैहात फिर्ता गर्नु पर्ने वाध्यता रहेको स्वास्थ्य चौकीका एक जना कर्मचारीले वताए । समैजी स्वास्थ्य चौकी मात्रै नभई अजयमेरु गाविसमा रहेको स्वास्थ्य चौकी देखेी अशिग्राम गाविसमा रहेको स्वास्थ्य चौकीमा समेत औषधीैको अभाव सृजना भएको छ । अशिग्राम स्वास्थ्य चौकी स्रोतका अनुसार माँग गरे अनुसारको औषधी जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले नदिने गरेको वताएको छ ।समैजी स्वास्थ्य चौकीका अनमी कलावती जोशीका अनुसार वच्चाका लागि आवश्यक पर्ने सिटामोल, एमोक्सीलिन, क्लोफण्टामाईन नभएको झण्डै एक महिना भन्दा वढी समय भएको वताउनु भएको छ । यसैगरी अशिग्राम स्वास्थ्य चौकीमा समेत एमोक्सीलिन , जिङ्क चक्की र क्लोरोफेण्टामाईन लगाएका आवश्यक औषधी सकिएको महीनौ दिन पहिले सकिएको वताएको छ ।

तर यता जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुख संग सम्पर्क हुन सकेन । स्वास्थ्य कार्यालयका अनुसार भने औषधी खरीद प्रक्रिया केही ढिलो भएकाले औषधीको अभाव भएपनि बच्चाका लागि आवश्यक पर्ने झोल सिटामोलका सट्टा बयस्क मानिसले खाने सिटामोल चक्की दिने सरकारी प्रावधान रहेको वताउनु भएको छ । केही औषधी सकिएको हुन सक्ने भएपनि धेरै जसो औषधी भने स्वास्थ्य चौकीमा भण्डारण रहेको समेत जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । थप नयाँ औषधी खरीद प्रक्रियाको अन्तिम चरणमा पुगेकाले अव केही दिन भित्रैऔषधी उपलव्ध हुने समेत जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !