१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाली कांग्रेसलाई चुनावको चटारो, कार्यकर्ता र नेताहरु भोट माग्ने अभियानमा

१२ माघ २०७२, मंगलवार १६:११

ललित बोहरा । माघ १२ डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको आसन्न छैटौ जिल्ला अधिवेसन नजिकिनै लाग्दा नेताहरुलाई चुनावको चटारो लागेको छ । माघ १५ गते हुने वडा स्तरको निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न जिल्ला स्तरका नेताहरुमा चुनावी सरगर्मी वढेको छ ।

डडेल्धुराका १८ वटा गाविस र दुईवटा नगरपालीकामा रहेका सम्पुर्ण ईकाईहरुमा हुने अधिवेशनमा आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउनका लागि जिल्ला स्तरका नेताहरुको समेत दौडधुप वढेकोे छ । जिल्ला स्तरका नेताहरुमा वर्तमान सभापति कर्ण मल्ल र पुर्व सभापति रघुवर भट्ट प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । लामो समय पार्टी नेतृत्व सम्हाल्लेको ज्ञान रहेकाले आफ्नो नेतृत्वका साथै कार्यकर्ताको सहानुभुती संगैे आफ्नो जित सुनिश्चित रहेको दावि पूर्व सभापती रघुवर भट्टले गर्दै आउनु भएको छ ।

यता पार्टीको संगठन विस्तारका साथै संविधान सभाको निर्वाचनमा अत्याधिक वहुमत ल्याएर नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाललाई विजयी गराएकाले आफ्नो जित सुनिश्चित रहेको सभापती कर्ण मल्लले दावि गरेका छन् । मल्लको कार्याकालमा पार्टी कार्यालयको स्थापना, डडेल्धुराका गाविसहरुमा जोडिएका ग्रामिण सडक विस्तारमा पहल भएकाले पनि मल्ल प्रतिनिधित्वको प्यानलको जित हुने कांग्रेस कार्यकर्ताले आंकलन गरेका छन । तर जुन प्यानललाई वरिष्ठ नेता शेर वहादुर देउवाको समर्थन हुन्छ उसैको जित हुने अधिकांसको आकलन गरिएको छ । दुवै प्यानलले आफु शेरवहादुर देउवा प्यानल भएको दावि गर्दै आए पनि ग्रामिण क्षेत्रका मतदाताहरु भने अन्यौलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव