2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाली कांग्रेसलाई चुनावको चटारो, कार्यकर्ता र नेताहरु भोट माग्ने अभियानमा

ललित बोहरा । माघ १२ डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको आसन्न छैटौ जिल्ला अधिवेसन नजिकिनै लाग्दा नेताहरुलाई चुनावको चटारो लागेको छ । माघ १५ गते हुने वडा स्तरको निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न जिल्ला स्तरका नेताहरुमा चुनावी सरगर्मी वढेको छ ।

डडेल्धुराका १८ वटा गाविस र दुईवटा नगरपालीकामा रहेका सम्पुर्ण ईकाईहरुमा हुने अधिवेशनमा आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउनका लागि जिल्ला स्तरका नेताहरुको समेत दौडधुप वढेकोे छ । जिल्ला स्तरका नेताहरुमा वर्तमान सभापति कर्ण मल्ल र पुर्व सभापति रघुवर भट्ट प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । लामो समय पार्टी नेतृत्व सम्हाल्लेको ज्ञान रहेकाले आफ्नो नेतृत्वका साथै कार्यकर्ताको सहानुभुती संगैे आफ्नो जित सुनिश्चित रहेको दावि पूर्व सभापती रघुवर भट्टले गर्दै आउनु भएको छ ।

यता पार्टीको संगठन विस्तारका साथै संविधान सभाको निर्वाचनमा अत्याधिक वहुमत ल्याएर नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाललाई विजयी गराएकाले आफ्नो जित सुनिश्चित रहेको सभापती कर्ण मल्लले दावि गरेका छन् । मल्लको कार्याकालमा पार्टी कार्यालयको स्थापना, डडेल्धुराका गाविसहरुमा जोडिएका ग्रामिण सडक विस्तारमा पहल भएकाले पनि मल्ल प्रतिनिधित्वको प्यानलको जित हुने कांग्रेस कार्यकर्ताले आंकलन गरेका छन । तर जुन प्यानललाई वरिष्ठ नेता शेर वहादुर देउवाको समर्थन हुन्छ उसैको जित हुने अधिकांसको आकलन गरिएको छ । दुवै प्यानलले आफु शेरवहादुर देउवा प्यानल भएको दावि गर्दै आए पनि ग्रामिण क्षेत्रका मतदाताहरु भने अन्यौलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई