2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अटोरिक्सामा दोपट्टा बेरिदाँ बर्दियामा एकको ज्यान गयो

चैत २४, (राजापुर) बर्दिया | कैलालीको टीकापुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको अटो रिक्सामा सवार एक जना महिलाको आज (विहीवार)बर्दियाको राजापुर नगरपालिका २ दौलतपुरमा ज्यान गएको छ ।

समाचार स्रोतका अनुसार राजापुरतर्फ गइरहेको से १ ह १०५१ नम्बरको अटोरिक्सामा सवार टीकापुर नगरपालिका वडा नं.–५ नयाँ टीकापुरकी ३० वर्षीया शान्ति दाहालको ज्यान गएको हो ।

राजापुर उपचारका लागि गइरहेकी दाहालको बर्दियाको राजापुर क्षेत्रमा दोपट्टा अटोरिक्साको पाँग्रामा वेरिदाँ उनी रिक्साबाट सडकमा बजारिएकी थिइन् ।

उपचारका लागि लैजाने क्रममा उनको बाटो मै ज्यान गएको जनाइएको छ र उनको शव नयाँ टीकापुर माइतीघरमा राखिएको छ ।

दाहाल टीकापुरस्थित प्रगतिशील वाल विद्यामन्दिर विद्यालयकी वाल विकास सहयोगी कार्यकर्ताका रूपमा कार्यरत थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई