Skip to content
Friday, July 17, 2026 Nepali Online Media

म्याग्दी जिल्लाको स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवा

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, बेनी (म्याग्दी) | म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ ।

विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए ।

पछिल्लो एक वर्षयता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेका सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा ह्वात्तै कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरी ‘आइपास’ नामक संस्थाले जिल्लामा आधुनिक सेवासँगै ग्रामीणस्तरमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएपछि लुकिछिपी सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय सुधार आएको आइपास नेपालकी जिल्ला संयोजक उपमा बरालले बताउनुभयो ।

“असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । हरेक तीन महिनामा सेवाग्राहीको समस्या र सेवाका बारेमा छलफलसमेत हुन्छ”, बरालले भन्नुभयो । उहाँले ग्रामीण क्षेत्रमा सेवाका बारेमा जानकारी नभएकै कारण वा स्वास्थ्य संस्थामा पहुँच, त्रासलगायतले असुरक्षित गर्भपतन र मानवीय दुर्घटनाका घटनासमेत हुने गरेको अवस्थामा सेवाग्राहीको परिचयलाई गोप्य राखेर समेत सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यसैबीच, सेवालाई प्रभावकारी बनाउन डा रोशन न्यौपानेको नेतृत्वमा बेनी नगरपालिकाको सिङ्गा तातोपानीस्थित स्वास्थ्य चौकीको समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा सुविधा थपिएपछि स्वास्थ्य चौकीबाट १३ जनाले सेवा लिएको पाइएको छ जसमा २४ वर्षमुनिका एक र गर्भपतन गरेर नियमित अस्थायी साधन प्रयोग गरिरहेका सातजना रहेको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो तीन महिनामा सामान्य पूर्वाधार भएका कारण सेवा लिन सदरमुकाम बेनी जाने गरेका थिए । जिल्लामा गत आर्थिक वर्षमा एकहजार दुईसय ८१ जनाले स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिएका थिए । सुरक्षित प्रसूति सेवाबाट बच्चा जन्माउने र पतन गर्ने करिब एउटै सङ्ख्या रहेको छ । रासस