२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विद्यालय छाडेका बालबालिकालाई फर्काउन नयाँ अभियान

२०७३, २५ चैत्र शुक्रबार ०६:४८

चैत २५, चितवन । जिल्ला शिक्षा कार्यालय, चितवनले बीचैमा कक्षा छाड्ने बालबालिकालाई खोजेर स्कुलमा फर्काउने नयाँ अभियान सुरु गर्ने भएको छ । 

कार्यालयले सामुदायिक सिकाइ केन्द्रमार्फत यसरी स्कुल छाडेका विद्यार्थीलाई खोजेर स्कुलमा ल्याउने कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । उक्त अभियानका लागि प्रक्रिया भने सुरु भइसकेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा रहेका ३३ सामुदायिक सिकाइ केन्द्रमार्फत उनीहरुलाई स्कुलमा ल्याइनेछ । सिकाइ केन्द्रमा प्रस्ताव आह्वानसमेत गरिसकेको र केही सिकाइ केन्द्रबाट कार्यक्रम सञ्चालनको प्रस्तावसमेत आइसकेकाले शैक्षिकसत्र सुरु भएपछि यो अभियान सञ्चालन गर्ने अर्यालको भनाइ छ । 

वैशाखदेखि असारसम्मै यो कार्यक्रम चलाइने र अभिभावकलाई समेत राखेर चेतना दिने कार्यालयको भनाइ छ । 

सिकाइ केन्द्रले गाउँगाउँमा यस्ता बालबालिका खोजेर ल्याउने गरी प्रस्ताव आह्वान गरिएको हो एक विद्यार्थीलाई स्कुलमा फर्काएबापत केन्द्रले रु छ हजार पाउने छ । एउटा केन्द्रले यसरी २५ जनासम्म बालबालिकालाई फर्काउने प्रावधान रहेको कार्यालयले जनाएको छ । 

जिल्लामा भर्नादर करिब करिब शतप्रतिशत नै भए पनि बीचैमा स्कुल छाड्ने दर भने धेरै छ । अझै चितवनको पहाडी गाउँमा चेपाङ बालबालिका बीचैमा स्कुल छाड्ने गरेको स्थानीय दलबहादुर चेपाङ बताउनुहुन्छ । 

“स्कुलमा भर्नाभन्दा पनि नियमितता नहुनु चुनौती देखियो, जिशिअ अर्यालले भन्नुभयो – यो चुनौतीको सामान गर्न यसरी नयाँ अभियान थाल्दै छौँ ।” 

जिल्लामा वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान छ । तर पनि यसवर्ष वैशाख ६ गतेदेखि नै स्कुल सञ्चालन गर्ने निर्देशन दिएको र त्यसका लागि नियमित अनुगमन गर्ने संयन्त्रसमेत बनाइसकेको जिशिअ अर्याल बताउनुहुन्छ । 

चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् । यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की