![]()
![]()
सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम सुरु गरिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिनुभयो ।
यसअघि गौरीशङ्कर आसपासको क्षेत्र पूर्णरुपमा सञ्चार सेवाबाट वञ्चित रहेको थियो । टावर निर्माणको काम १५ दिनमा सकिने टेलिकमले जनाएको छ । सो क्षेत्रमा हेलिकोप्टरबाटै २५ केभीको जेनेरेटर समेत लगेर जडान गरिएको छ । रासस



