२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जेसीजको १६ औँ पदस्थापन तथा सम्मान कार्यक्रम

२०७२, १४ माघ बिहीबार १४:०१

dadeldhura news

ललित बोहरा । माघ १४, डडेलधुरा । डडेल्धुरा जेसीजको १६ औँ पदस्थापन तथा सम्मान कार्यक्रम डडेल्धुरामा बिहीबार सम्पन्न भएको छ । बर्ष २०१५ को कार्यसमिति पदाधिकारीको कार्यकाल समापन भएपछि बिहीबार पदस्थापन कार्यक्रमको आयोजना गरी नार्या कार्यसमिती चयन गरेको हो ।

डडेल्धुरा जेसीजका बर्ष २०१५ का अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमले बिहीबार भोज राज भटट्लाई बर्ष २०१६ का अध्यक्षमा सर्बसहमतीमा चयन गरेको छ । भने कार्यकारी उपाअध्यक्ष उत्तर बिष्ट,गणेश प्रशाद भटट्,कानुनी सल्लाकार टेक राज पाण्डेय महासचिब प्रेम महर कोषाअध्यक्ष राजेन्द्र प्रशाद पनेरु, सचिब प्रदिप नगरकोटी अन्य उपाअध्यक्षमा देबकी भटट्, बिमल बोहरा,नब राज र रमेश जोशी चयन भएका छन् । पदस्थापन कार्यक्रममा बोल्दै नेपाल जेसीज राष्टिय बर्ष २०१६ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी जगत बहादुर पोखरेलले १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो भन्न सकिन्छ अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होईन ।

यो संस्थाको केन्द्र विन्दु व्यक्ति मानिस हो । सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ छ उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ जेसीजबाट मात्र सम्भव भएकोे धारण राख्नु भएको थियो । डडेल्धुरामा भएको पदस्थापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेल,नेपाल जेसिज बर्ष २०१६ का राष्टिय उपाअध्यक्षहरु तथा जिल्ला उपाअध्यक्षहरुको समेत सहभागीता रहेको थियो । महान उद्देश्य लिएको यस महान संस्थाको सदस्यता लिन धर्म, जात, लिंग आदिकुनैबाधा अवरोध छैन । यसको सदस्यता प्राप्त गर्न एकमात्र पूर्व शर्त राखिएको छ । त्यो हो उमेरको हद १८ वर्ष ४० वर्षसम्मको उमेरको कुनै पनि व्यक्तिले यसको सदस्यता प्राप्त गर्न सक्दछ । यसको कुनै पनि शाखाको सदस्यता लिने व्यक्तिले JCI को सदस्यको मान्यता प्राप्त गर्दछ ।

आज वर्तमान परिप्रक्ष्यमा यसको अत्याधिक महत्व छ । युवाहरुलाई उपलब्ध गराई उनीहरुको अन्र्तनिहित प्रतिभाको प्रष्फुटन गराई सकारात्मक परिवर्तन गरी सक्षम एवं योग्य नागरिक बनाउने अभियानको नाम जेसीज हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !