३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जेसीजको १६ औँ पदस्थापन तथा सम्मान कार्यक्रम

१४ माघ २०७२, बिहीबार १४:०१

dadeldhura news

ललित बोहरा । माघ १४, डडेलधुरा । डडेल्धुरा जेसीजको १६ औँ पदस्थापन तथा सम्मान कार्यक्रम डडेल्धुरामा बिहीबार सम्पन्न भएको छ । बर्ष २०१५ को कार्यसमिति पदाधिकारीको कार्यकाल समापन भएपछि बिहीबार पदस्थापन कार्यक्रमको आयोजना गरी नार्या कार्यसमिती चयन गरेको हो ।

डडेल्धुरा जेसीजका बर्ष २०१५ का अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमले बिहीबार भोज राज भटट्लाई बर्ष २०१६ का अध्यक्षमा सर्बसहमतीमा चयन गरेको छ । भने कार्यकारी उपाअध्यक्ष उत्तर बिष्ट,गणेश प्रशाद भटट्,कानुनी सल्लाकार टेक राज पाण्डेय महासचिब प्रेम महर कोषाअध्यक्ष राजेन्द्र प्रशाद पनेरु, सचिब प्रदिप नगरकोटी अन्य उपाअध्यक्षमा देबकी भटट्, बिमल बोहरा,नब राज र रमेश जोशी चयन भएका छन् । पदस्थापन कार्यक्रममा बोल्दै नेपाल जेसीज राष्टिय बर्ष २०१६ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी जगत बहादुर पोखरेलले १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो भन्न सकिन्छ अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होईन ।

यो संस्थाको केन्द्र विन्दु व्यक्ति मानिस हो । सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ छ उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ जेसीजबाट मात्र सम्भव भएकोे धारण राख्नु भएको थियो । डडेल्धुरामा भएको पदस्थापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेल,नेपाल जेसिज बर्ष २०१६ का राष्टिय उपाअध्यक्षहरु तथा जिल्ला उपाअध्यक्षहरुको समेत सहभागीता रहेको थियो । महान उद्देश्य लिएको यस महान संस्थाको सदस्यता लिन धर्म, जात, लिंग आदिकुनैबाधा अवरोध छैन । यसको सदस्यता प्राप्त गर्न एकमात्र पूर्व शर्त राखिएको छ । त्यो हो उमेरको हद १८ वर्ष ४० वर्षसम्मको उमेरको कुनै पनि व्यक्तिले यसको सदस्यता प्राप्त गर्न सक्दछ । यसको कुनै पनि शाखाको सदस्यता लिने व्यक्तिले JCI को सदस्यको मान्यता प्राप्त गर्दछ ।

आज वर्तमान परिप्रक्ष्यमा यसको अत्याधिक महत्व छ । युवाहरुलाई उपलब्ध गराई उनीहरुको अन्र्तनिहित प्रतिभाको प्रष्फुटन गराई सकारात्मक परिवर्तन गरी सक्षम एवं योग्य नागरिक बनाउने अभियानको नाम जेसीज हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग