२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराबाट ३ टुहुरा बालकलाई आज एसोएस बालग्राम कैलालीमा पठाइयो

२०७२, १५ माघ शुक्रबार १४:२५

ललित बोहरा/ माघ १५, डडेल्धुरा (सास) । जिल्ला बाल कल्याण समिति डडेल्धुराले शुक्रबार ३ जना टुहुरा बालबालिकाहरुलाई पालनपोषण तथा उच्च शिक्षा सम्म अध्ययनका लागि एसोएस बालग्राम कैलाली पठाएको छ । डडेल्धुराको बगरकोट गाबिस वडा नं ५ सिराड कडनोलाका आमा बुवा गुमाई सकेका ३ जना बालबालिकाहरुलाई पठाएको हो ।
dadeldhura....

जसमा ९ बर्षिय दिपेन्द्र जैसी, ११ बर्षिय रेवती जैसि र ६ बर्षिय निराजन जैसी रहेका छन । एसोएस बालग्रामले उच्च शिक्षा र पालन–पोषणकोे जिम्मेबारी लिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समीतिका अध्यक्ष प्रेम प्रसाद लूईटेलले बताउनु भएको छ । यिनी बालबालिकाहरुले मृगौलाको रोगका कारण बाबु जय राज जैसी र मुटु रोगका कारण आमा द्रोपती जैसीलाई २०७० सालमा गुमाएका थिए ।

१० जना छोरा छोरीलाई जन्मदिई आमाबुवाको मुत्यू भएपछि गरीब परिवारका छोरा छोरीहरु बिद्यालय शिक्षाबाट बञ्चित हुन परेको थियो । भने घरमा दैनीक छाकटार्न समेत समस्या रहेको संरक्षणमा रहेकी १७ बालबालीकाका दिदि भागरति जैसीले दुखेसो पोखेका छन् । गरीब परिवारका बालबालीकहरु गाउँमा मागी र दिदिहरुको घरबाट खाद्यानका समाग्री लिएर खाने गरेका थिए । १० छोरा छोरी मध्ये २ छोरीको बिहे भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !