Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २५ गते, अपराह्न ५:५८ बजे डोटी - DT, समाज

डोटीमा असिनाले बनायो गहुँ बाली सखाप

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, धनगढी । डोटी जिल्लामा आज परेको असिना पानीले पाक्न लागेको गहुँ बालीमा ठूलो क्ष्यति पु¥याएको छ ।

झण्डै डेढ घण्टासम्म हावाहुरीसहित परेको असिना पानीले डोटीको दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआई सिंहलगायतका गाउँपालिकाको हजारौं रोपनी जग्गामा लगाइएको गहुँ, जौं बालीका साथै फलफूल सखाप बनाएको बडिकेदार गाउँपालिकाका कृष्णबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

“बाक्लो र यति धेरै असिना अहिलेसम्म परेको देखेको थिएन,” चन्दले भन्नुभयो । असिना पानीले कैलाली जिल्लाको चुरे पहाड क्षेत्रका गाउँपालिकाको बालीमा समेत क्ष्यति पु¥याएको छ ।

असिना पानीले फुल्न लागेका सुन्तला र पाक्न लागेको काफलमा समेत व्यापक क्षति पु¥याएको छ । लामो समयपछि यस क्षेत्रमा वर्षासहित असिना परेको हो । रासस