ललित बोहरा/ माघ १६, डडेल्धुरा (सास) । नेपाली काग्रेस डडेल्धुराको अधिकांश स्थानको अधिबेसन सम्पन्न भएको छ । डडेल्धुराका गाउँका वडा नगरपालीका हरुको अधिबेसनमा गुटै–गुट देखिएको छ । दुई पक्ष वर्तमान सभापति कर्ण मल्ल र निर्वतमान सभापति रघुबर भट्टको पक्षमा जिल्ला प्रतिनीधी कसको पक्षमा बढि जिल्ला प्रतिनिधी भए भन्ने आमजनतामा चासोको बिषय बनेको छ ।
वर्तमान सभापती मल्लको पक्षमा गाबिसका सभापतीमा भागेश्वरका डम्बर राज जोशी नवदुर्गाबाट सेर ब लुहार, कैलपालमाण्डौ बाट धनीराम कापडी असिग्रामबाट पदम महता समैजबाट दल बहादुर ऐर कोटेलीबाट, मनोज साँउद चिपुर र बेलापुरबाट रमेश ऐर मल्ल पक्षका गाबिस सभापति चयन भएका छन् । भने निबर्तमान सभापती भट्टका पक्षमा बिर ठगुन्ना, राज बहादुर बोहरा,कर्ण वहादुर चन्द,बसन्ती पाण्डेय,भिम बहादुर चन्द, बल्देब नाथ बिर बहादुर थापा, मन्धिर बोहरा, राजिब भण्डारी, तिर्थ मडै, जय बहादुर ऐर, नर बहादुर ठकुराठी आफनो पक्षमा रहेको निर्बतमान सभापति रघुबर भट्ट्ले दाबी गरेको छ ।
यस्तै अन्य प्रतिनिधीहरु मल्ल पक्षमा अहिले सम्म १ सय ९२ रहेका छन भने भट्ट् पक्षमा अहिले सम्म १२३ रहेका छन । आलिताल गाबिसको अधिबेशन स्थगित भएको छ भने र अमरगढी नगरपालीकाको भोली निवार्चन हुने नेपाली कागं्रेस डडेल्धुराले जनाएको छ ।