३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

हिमालपारिको जिल्ला मनाङ अन्धकार

२६ चैत्र २०७३, शनिबार ०५:५५

चैत २६, मनाङ । हिमालपारिको जिल्ला मनाङमा विद्युत् प्रवाहमा समस्या हुँदा सरकारी तथा अन्य काम प्रभावित भएका छन् । 

विद्युत् नहुँदा जिल्ला सदरमुकाम चामेलगायत आसपासका गाउँ अन्धकार भएका छन्् । स्थानीय स्यल्क्यु खोला लघु जलविद्युत् आयोजना बन्द भएपछि सदरमुकाम अन्धकार भएको हो । 

विश्वविख्यात अन्नपूर्ण पदमार्गको गन्तव्य मानिने मनाङ सदरमुकाम चामे, थानचोक, तिमाङलगायत स्थानमा लक्ष्य गरी निर्मित ४५ किलोवाट क्षमताको स्यल्क्यु खोला लघु जलविद्युत् आयोजनाको जेनेरेटरमा समस्या देखिएपछि मर्मतका लागि आयोजना बन्द गरिएको प्रजिअ कमलराज भण्डारीले बताउनुभयो । 

आयोजनामा जडित जेनेरेटरमा खराबी उत्पन्न भएको र विद्युत् सेवा बन्द भएपछि विद्युत्बाट सञ्चालन हुने टेलिफोन र मोबाइल सेवा पनि चल्न समस्या भएको स्थानीय प्रशासनले जनाएको छ । 

बिजुली र सञ्चार सेवा दुवै बन्द भएपछि सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीका साथै अन्नपूर्ण चक्रीय मार्गका लागि चामे पुगेका पर्यटक बढी समस्यामा छन् । 

लमजुङ सदरमुकाम बेँसीसहरदेखि तीन÷चार दिनको यात्रापछि मात्रै पुगिने चामेमा पर्यटकले टेलिफोन तथा इमेल/इन्टरनेट चलाउन पाएका छैनन् । चामेमा २०४२ सालमा स्थापित साना जलविद्युत् आयोजना बिग्रिएका कारण स्थानीय बासिन्दाले पटक पटक सास्ती खेप्दै आउनुपरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ