२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेगखोलामा सात करोडको खानेपानी आयोजना

२६ चैत्र २०७३, शनिबार ०६:१८

चैत २६, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा रु सात करोड भन्दा बढीको लागतमा वृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । 

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत रु सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुनलागेको हो । 

छ चरणमा निर्माण हुने आयोजनाबाट बेग, सीमफाँट, सिरबारी, सेउलु, बादुक र औलाका चार सय ५० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष पूर्ण परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार सरकारको ८० प्रतिशत अनुदान, उपभोक्ताको १९ प्रतिशत श्रमदान र एक प्रतिशत नगद सहभागितामा आयोजना निर्माण हुन लागेको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने उपभोक्ता समितिका सहसचिव खिमबहादुर फगामीले बताउनुभयो । 

चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी निर्माणकार्य सकिएको छ । मुख्य र वितरण पाइपलाइन विस्तार, मुहान र रिजर्भ ट्याङ्की तथा भल्ब च्याम्बर निर्माणकार्य सकिएको उपभोक्ता समितिका अध्यक्ष परियारले जानकारी दिनुभयो । 

मुहानमा इन्टेक, मुख्य पाइपलाइन, एक लाख लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की र वितरण लाइनमा “भल्ब च्याम्बर” निर्माण भएको छ । घर÷घरमा मिटरसहितको निजी धारा जडान गरेपछि खानेपानी वितरण गर्ने तयारी भएको छ । स्थानीय बासिन्दा उत्साहित भएर श्रमदानमा जुटेका छन् । 

भल्ब च्याम्बर, रिजर्भ ट्याङ्की, मुख्य वितरण पाइपलाइन निर्माण गर्ने काममा स्थानीयवासीले श्रमदान गरेका छन् । प्रति घर एक महिना भन्दा बढीका दरले श्रमदान गरेका हुन् । घरमै खानेपानी आउने भएपछि सुविधा हुने अपेक्षा गरिएको औलाकी बालकुमारी शर्माले बताउनुभयो । 

बेगका बासिन्दाले हाल सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका छन् । पुरानो आयोजनाबाट आवश्यकता अनुसार खानेपानी आपूर्ति हुनसकेको छैन् । निजी धारा जडान गर्दा खानेपानीका साथै करेसाबारीको सिँचाइमा पनि सुविधा पुग्ने र आयोजनाको दिगो सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने उपभोक्ता समितिका सदस्य नेत्र पुनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य