2026-09-18 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेगखोलामा सात करोडको खानेपानी आयोजना

चैत २६, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा रु सात करोड भन्दा बढीको लागतमा वृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । 

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत रु सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुनलागेको हो । 

छ चरणमा निर्माण हुने आयोजनाबाट बेग, सीमफाँट, सिरबारी, सेउलु, बादुक र औलाका चार सय ५० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष पूर्ण परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार सरकारको ८० प्रतिशत अनुदान, उपभोक्ताको १९ प्रतिशत श्रमदान र एक प्रतिशत नगद सहभागितामा आयोजना निर्माण हुन लागेको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने उपभोक्ता समितिका सहसचिव खिमबहादुर फगामीले बताउनुभयो । 

चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी निर्माणकार्य सकिएको छ । मुख्य र वितरण पाइपलाइन विस्तार, मुहान र रिजर्भ ट्याङ्की तथा भल्ब च्याम्बर निर्माणकार्य सकिएको उपभोक्ता समितिका अध्यक्ष परियारले जानकारी दिनुभयो । 

मुहानमा इन्टेक, मुख्य पाइपलाइन, एक लाख लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की र वितरण लाइनमा “भल्ब च्याम्बर” निर्माण भएको छ । घर÷घरमा मिटरसहितको निजी धारा जडान गरेपछि खानेपानी वितरण गर्ने तयारी भएको छ । स्थानीय बासिन्दा उत्साहित भएर श्रमदानमा जुटेका छन् । 

भल्ब च्याम्बर, रिजर्भ ट्याङ्की, मुख्य वितरण पाइपलाइन निर्माण गर्ने काममा स्थानीयवासीले श्रमदान गरेका छन् । प्रति घर एक महिना भन्दा बढीका दरले श्रमदान गरेका हुन् । घरमै खानेपानी आउने भएपछि सुविधा हुने अपेक्षा गरिएको औलाकी बालकुमारी शर्माले बताउनुभयो । 

बेगका बासिन्दाले हाल सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका छन् । पुरानो आयोजनाबाट आवश्यकता अनुसार खानेपानी आपूर्ति हुनसकेको छैन् । निजी धारा जडान गर्दा खानेपानीका साथै करेसाबारीको सिँचाइमा पनि सुविधा पुग्ने र आयोजनाको दिगो सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने उपभोक्ता समितिका सदस्य नेत्र पुनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई