Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा मानसिक रोगी बढ्दै

२०७३, २६ चैत्र शनिबार ०७:१८

चैत २६ डडेल्धुरा । डडेल्धुराको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवम् उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरा र सिएमसि नेपालले जिल्लाको जोगबुढा, आलिताल, नवदुर्गा, अजयमेरु, देवलदिब्यपुर र बगरकोटमा गरेको अध्ययन एवम् उपचारमा उक्त सङ्ख्यामा मानसिक रोगी फेला परेको हो । 

तथ्याङ्कअनुसार डडेल्धुरामा सबैभन्दा बढी मानसिक रोगी (डिप्रेसन) को समस्या भएका नागरिक जोगबुढामा दुई सय ५३, अजयमेरुमा ७१, बगरकोटमा ६२, नवदुर्गामा ५९, देवलदिब्यपुरमा २६ र आलितालमा १६ जना छन् । 

स्वस्थ्य नागरिकमा आइपर्ने चिन्ता नैरश्यता लगातार दुई हप्तासम्म रहिरहनुलाई डिप्रेसन मान्न सकिने चिकित्सकहरुको बताउँछन् । 

डिप्रेसनका कारण विश्वमा आत्महत्याका घटनामा पनि वृद्धि भएको पाइन्छ । आत्महत्याका घटना पछिल्लो समय डडेल्धुरामा पनि बढ्दै गएका छन् । चालु वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आत्महत्याका मुद्दा सबै भन्दा बढी छन् । 

डिप्रेसनले नागरिकको आत्मविश्वासमा कमी ल्याई निराशजनक जीवन व्यतित गर्नमा सहयोग पु¥याउँछ । जस कारण मानिसमा धेरै चिन्ता भई आफू केही गर्न नसक्ने ठानी आत्महत्याको मानसिकता पलाउने गर्छ । 

यो रोगको सबैभन्दा उपयुक्त र प्रभावकारी उपचार भनेको नै मनोपरामर्श हो, उप क्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल अधिकृत डा विप्लव घिमिरेले बताउनुभयो । 

विश्व स्वस्थ्य दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुरामा शुक्रबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा डा घिमिरेले पछिल्लो समयमा संसारभरीकै नागरिकमा यो समस्या देखिने गरेको बताउँदै यसबाट मुक्ति पाउनका लागि मनोवैज्ञानिकको सल्लाहअनुसार औषधि सेवन गर्नु उपयुक्त हुन्छ भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश