१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा कमि

१७ माघ २०७२, आईतवार १३:०२

ललित बोहरा । माघ १७, डडेल्धुरा । गत आर्थिक बर्षको तुलनामा यस बर्ष डडेल्धुरामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा कमि आएको छ । ‘कुष्ठ रोग शुन्य समाजको परिकल्पना, मानव अधिकार र पुर्नः स्थापना हाम्रो चाहना’ भन्ने मूल आशयका साथ जिल्ला जन–स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आज आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कका आधारमा बिरामीको सख्याँमा कमि आएको हो ।

तथ्याङ्कका अनुसार गत बर्षमा १७ जना कुष्ठ रोगका बिरामी रहेका थिए भने चालु आर्थिक बर्षको अहिले सम्ममा ८ जना मात्रै रहेको जन–स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । ६३औँ बिश्व कुष्ठ रोग बिरुद्धको दिवसमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र खत्रीले समाजमा रोग लुकाउने प्रवृति अझै नहटेको बताउनु भएको छ । साथै उपक्षेत्रीय अस्पताल डडेल्धुुराका मेडिकल सुपरिटेन्डेन्ट डा.शन्तोष गुप्ताले बिरामीलाई होच्याउने गिज्याउने गर्नाले मनोबल झन गिर्ने प्रति सचेत गराउदै सुदूरपश्चिममा देबिदेबताका कारण रोग लाग्ने ब्याप्त अन्धविश्वासलाई हटाउन जरुरी रहेको बताउनु भयो ।

यसैबीच कार्यक्रममा ८ जना कुष्ठ रोगका बिरामी र लामो समय देखी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारार्थ बिरामीहरुलाई फलफुल र कम्बल बितरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव