२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा कमि

२०७२, १७ माघ आईतवार १३:०२

ललित बोहरा । माघ १७, डडेल्धुरा । गत आर्थिक बर्षको तुलनामा यस बर्ष डडेल्धुरामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा कमि आएको छ । ‘कुष्ठ रोग शुन्य समाजको परिकल्पना, मानव अधिकार र पुर्नः स्थापना हाम्रो चाहना’ भन्ने मूल आशयका साथ जिल्ला जन–स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आज आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कका आधारमा बिरामीको सख्याँमा कमि आएको हो ।

तथ्याङ्कका अनुसार गत बर्षमा १७ जना कुष्ठ रोगका बिरामी रहेका थिए भने चालु आर्थिक बर्षको अहिले सम्ममा ८ जना मात्रै रहेको जन–स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । ६३औँ बिश्व कुष्ठ रोग बिरुद्धको दिवसमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र खत्रीले समाजमा रोग लुकाउने प्रवृति अझै नहटेको बताउनु भएको छ । साथै उपक्षेत्रीय अस्पताल डडेल्धुुराका मेडिकल सुपरिटेन्डेन्ट डा.शन्तोष गुप्ताले बिरामीलाई होच्याउने गिज्याउने गर्नाले मनोबल झन गिर्ने प्रति सचेत गराउदै सुदूरपश्चिममा देबिदेबताका कारण रोग लाग्ने ब्याप्त अन्धविश्वासलाई हटाउन जरुरी रहेको बताउनु भयो ।

यसैबीच कार्यक्रममा ८ जना कुष्ठ रोगका बिरामी र लामो समय देखी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारार्थ बिरामीहरुलाई फलफुल र कम्बल बितरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ