चैत २६, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकाशं पक्की पुल जीर्ण बन्दै गएका छन् । 

दैनिक हजारांैको सङ्ख्यामा सवारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २६, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकाशं पक्की पुल जीर्ण बन्दै गएका छन् । 

दैनिक हजारांैको सङ्ख्यामा सवारी"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका अधिकाशं पक्की पुल जीर्ण बन्दै

२०७३, २६ चैत्र शनिबार ०९:२२

चैत २६, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकाशं पक्की पुल जीर्ण बन्दै गएका छन् । 

दैनिक हजारांैको सङ्ख्यामा सवारी साधन आवतजावत गर्ने मुख्य/मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । 

पूर्व–पश्चिम जोड्ने नवलपरासीमा रहेको विभिन्न पक्की पुल रणनीतिक हिसाबले धेरै महत्व बोकेको पुल समयअनुसार हरेक वर्ष मर्मत सम्भार नहँुदा कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने अनुमान गर्न सकिन्छ । 

जिल्लामा सबै भन्दा जोखिमको रुपमा जयश्री र वौलाहा पुल मानिन्छ । नवलपरासीमा करिब १० वटा पक्की पुल जोखिमपूर्ण अवस्थामा रहेको तथ्याङक छ । 

यसैगरी जिल्लामै हालसम्मकै सबैभन्दा बढी जोखिम नारायणी नदीको पुल पुरानो र जीर्ण भएकोले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुनसक्ने खतरा कायमैरहेको छ । 

जयश्री खोलाको पुल भाँचिएको करिब दुई वर्ष बितिसक्दा बल्ल पुल निर्माण अन्तिमचरणमा पुगेको छ । यद्यपि हाल बेलीब्रिज पुल बनाएर काम चलाइएको अवस्था छ । यसैगरी बौलाहा खोलाको पुल भाँचिएको करिब चार महिनापछि बल्ला मर्मत गरिएको छ । 

जिल्लामा रहेका अधिकाशं पक्की पुलको अवस्था दयनीय देखिएको छ । ती पुलको आवश्कता अनुसार समय÷समयमा मर्मत सम्भारमा सरोकारवाला निकायको ध्यान पुग्ननसकेको सर्वसाधारणको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो