पढ्न करिब 1 मिनेट लाग्छ

चैत २६, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकाशं पक्की पुल जीर्ण बन्दै गएका छन् ।

दैनिक हजारांैको सङ्ख्यामा सवारी साधन आवतजावत गर्ने मुख्य/मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।

पूर्व–पश्चिम जोड्ने नवलपरासीमा रहेको विभिन्न पक्की पुल रणनीतिक हिसाबले धेरै महत्व बोकेको पुल समयअनुसार हरेक वर्ष मर्मत सम्भार नहँुदा कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने अनुमान गर्न सकिन्छ ।

जिल्लामा सबै भन्दा जोखिमको रुपमा जयश्री र वौलाहा पुल मानिन्छ । नवलपरासीमा करिब १० वटा पक्की पुल जोखिमपूर्ण अवस्थामा रहेको तथ्याङक छ ।

यसैगरी जिल्लामै हालसम्मकै सबैभन्दा बढी जोखिम नारायणी नदीको पुल पुरानो र जीर्ण भएकोले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुनसक्ने खतरा कायमैरहेको छ ।

जयश्री खोलाको पुल भाँचिएको करिब दुई वर्ष बितिसक्दा बल्ल पुल निर्माण अन्तिमचरणमा पुगेको छ । यद्यपि हाल बेलीब्रिज पुल बनाएर काम चलाइएको अवस्था छ । यसैगरी बौलाहा खोलाको पुल भाँचिएको करिब चार महिनापछि बल्ला मर्मत गरिएको छ ।

जिल्लामा रहेका अधिकाशं पक्की पुलको अवस्था दयनीय देखिएको छ । ती पुलको आवश्कता अनुसार समय÷समयमा मर्मत सम्भारमा सरोकारवाला निकायको ध्यान पुग्ननसकेको सर्वसाधारणको गुनासो छ । रासस