२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बाल–बिबाह निराकरणमा डडेल्धुराका पण्डित र धामीहरु सक्रिय

२०७२, १८ माघ सोमबार १४:५२

ललित बोहरा/ माघ १८, डडेल्धुरा (सास) । डडेल्धुराका अधिकांस गाबिसका पण्डित र धामीहरु बालबिवाह निराकरणमा सक्रिय भएका छन् । पण्डित र धामीहरुको प्रयासले गर्दा डडेल्धुरा जिल्लामा बालबिवाहको संख्यामा निकै कमी आइरहेको महिला तथा बालबालिका कार्यालय डडेल्धुराले जनाएको छ ।

आ–आफ्नो गाबिसमा धामी र आफुहरुको सयुंक्त प्रयासमा १८ बर्ष उमेर नपुगेका युवा–युवतिहरुको बिहे रोक्न लागेको देबल गाबिसका पण्डीत तारा दत्त पन्तले जानकारी दिनु भएको छ । यस्तो सकारात्मक अभियानमा सक्रिय भएपश्चात गांखेत गाबिसका पण्डित हेम राज अबस्थीले २, भागेश्वर गाबिसका धामी कर्ण बहादुर मडैले ३ र अजयमेरु गाबिसका पण्डित लक्ष्मी प्रशाद पनेरुले कक्षा ५ मै अध्यनरत छात्राको बालबिबाह रोकेका छन ।

मागी बिवाह रोक्न सजिलो भएपनी प्रेम बिवाह रोक्न भने समस्या भईरहेको बताइएको छ । डडेल्धुरामा रहेका बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले बालबिवाह निराकरण गर्ने उद्धेश्यले केही महिना अगाडी पण्डित र धामीहरुलाई तालिम दिएको थियो । बाल–बिबाह सम्बन्धि कानुनी प्रक्रिया र दीर्घकालिन समस्या बारे सम्झाई–बुझाई बालबिबाह रोकिने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !