३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तमानखोला गाउँपालिका कार्यालय सुभारम्भ

२६ चैत्र २०७३, शनिबार १४:५६

कृष्ण कँडेल/चैत २६, बागलुङ । तमानखोला गाउँपालिकाको कार्यालय शनिबार औपचारिक रुपमा बोङ्गादोभान बजारमा शुभारम्भ गरिएको छ । 

एक कार्यक्रमको आयोजना गरि बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कार्यालयको बोर्ड अनाबरण गरि वाचन गरेर गाउँपालिका कार्यालय सुभारम्भ भएको घोषणा गर्नुभएको थियो । सरकारले चैत्र ३ गते भित्र नै कार्यालय सुभारम्भ गर्न स्थानिय तहलाई निर्देशन दिएपनि तमानखोला गाउँपालिकाको कार्यालय झण्डै एक महिना ढिला गरेर औपचारिक रुपमा सुभारम्भ गरिएको हो । शुक्रबार हिजो मात्र कार्यक्षेत्र आउनुभएका कार्यकारी अधिकृतले आफु आएको भोलिपल्टै कार्यक्रम गर्नुभएको हो । 

वडा कार्यालयबाट भने यसअघि देखि नै सेवा सुरु गरिएको नवआगन कार्यकारी अधिकृत खिमबहादुर विकले जानकारी दिनुभएको छ । उहाँले आफु तालिम लगायतका काममा जिल्ला तथा प्रदेश जानुपरेका कारण ढिलाई भएको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै उहाँले बागलुङको दुर्गाम ठाउँ तमानमा स्थानिय नागरिककै चाहना अनुसार गाउँपालिका बनेको भन्दै त्यसको संस्थागत गर्ने र स्थानिय सेवा प्रवाहसँगै विकासको कामलाई अघि बढाउन सरोकारवालाको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले नेपाल सरकारले तय गरेको स्थानिय निर्वाचन सफल बनाउन र विकसको कुरामा एकमत भएर जान सबैलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले वडा कार्यालय र गाउँपालिका कार्यालयबाट अत्यावश्यक कामहरु सुरु भईसकेको र थप सेवा प्रवाहको काम विस्तार हुँदै जाने जानकारी गराउनुभयो । 

कार्यक्रममा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, नेपाली काँग्रेशका खगेन्द्रमान पुन, एमालेका दलप्रसाद सापकोटा र माओवादी केन्द्रका सुर्य सिरपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

सो अबसरमा स्थानियवासीले प्रमुख जिल्ला अधिकारी पाण्डे, स्थानिय विकास अधिकारी आचार्य, जिल्ला प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङ, नेपाली सेनाका सेनानि उपदेशिजी जङ्ग शाह, राष्ट्रिय अनुसन्धान विभागका डिएसपि सुशिल महत र तमानखोला गाउँपालिकाका नवआगत कार्यकारी अधिकृत खिमबहादुर विकलाई फुलमाला, अबिर लागाएर बाजागाजा सहित स्वागत गरेका थिए । 

नवआगत कार्यकारी अधिकृत विकले कार्यालय स्थापनासँगै सेवा प्रवाह थप व्यवस्थापनको काम तथा स्थानिय निर्वाचन सफल बनाउन आफु सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।    

कार्यक्रम कार्यकारी अधिकृत खिमबहादुर विकका अध्यक्षता, वडा सचिव रबिन्द्र अर्यालको स्वागत र स्वास्थ्यचौकी प्रमुख राजनकुमार थापा सञ्चालनमा सम्पन्न भएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ