२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तमानखोला गाउँपालिका कार्यालय सुभारम्भ

२०७३, २६ चैत्र शनिबार १४:५६

कृष्ण कँडेल/चैत २६, बागलुङ । तमानखोला गाउँपालिकाको कार्यालय शनिबार औपचारिक रुपमा बोङ्गादोभान बजारमा शुभारम्भ गरिएको छ । 

एक कार्यक्रमको आयोजना गरि बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कार्यालयको बोर्ड अनाबरण गरि वाचन गरेर गाउँपालिका कार्यालय सुभारम्भ भएको घोषणा गर्नुभएको थियो । सरकारले चैत्र ३ गते भित्र नै कार्यालय सुभारम्भ गर्न स्थानिय तहलाई निर्देशन दिएपनि तमानखोला गाउँपालिकाको कार्यालय झण्डै एक महिना ढिला गरेर औपचारिक रुपमा सुभारम्भ गरिएको हो । शुक्रबार हिजो मात्र कार्यक्षेत्र आउनुभएका कार्यकारी अधिकृतले आफु आएको भोलिपल्टै कार्यक्रम गर्नुभएको हो । 

वडा कार्यालयबाट भने यसअघि देखि नै सेवा सुरु गरिएको नवआगन कार्यकारी अधिकृत खिमबहादुर विकले जानकारी दिनुभएको छ । उहाँले आफु तालिम लगायतका काममा जिल्ला तथा प्रदेश जानुपरेका कारण ढिलाई भएको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै उहाँले बागलुङको दुर्गाम ठाउँ तमानमा स्थानिय नागरिककै चाहना अनुसार गाउँपालिका बनेको भन्दै त्यसको संस्थागत गर्ने र स्थानिय सेवा प्रवाहसँगै विकासको कामलाई अघि बढाउन सरोकारवालाको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले नेपाल सरकारले तय गरेको स्थानिय निर्वाचन सफल बनाउन र विकसको कुरामा एकमत भएर जान सबैलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले वडा कार्यालय र गाउँपालिका कार्यालयबाट अत्यावश्यक कामहरु सुरु भईसकेको र थप सेवा प्रवाहको काम विस्तार हुँदै जाने जानकारी गराउनुभयो । 

कार्यक्रममा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, नेपाली काँग्रेशका खगेन्द्रमान पुन, एमालेका दलप्रसाद सापकोटा र माओवादी केन्द्रका सुर्य सिरपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

सो अबसरमा स्थानियवासीले प्रमुख जिल्ला अधिकारी पाण्डे, स्थानिय विकास अधिकारी आचार्य, जिल्ला प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङ, नेपाली सेनाका सेनानि उपदेशिजी जङ्ग शाह, राष्ट्रिय अनुसन्धान विभागका डिएसपि सुशिल महत र तमानखोला गाउँपालिकाका नवआगत कार्यकारी अधिकृत खिमबहादुर विकलाई फुलमाला, अबिर लागाएर बाजागाजा सहित स्वागत गरेका थिए । 

नवआगत कार्यकारी अधिकृत विकले कार्यालय स्थापनासँगै सेवा प्रवाह थप व्यवस्थापनको काम तथा स्थानिय निर्वाचन सफल बनाउन आफु सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।    

कार्यक्रम कार्यकारी अधिकृत खिमबहादुर विकका अध्यक्षता, वडा सचिव रबिन्द्र अर्यालको स्वागत र स्वास्थ्यचौकी प्रमुख राजनकुमार थापा सञ्चालनमा सम्पन्न भएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो