पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा प"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

सहकारी लेखा व्यवस्थापन तालिम शुरु

२७ चैत्र २०७३, आईतवार ०४:५९

पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा पालन तालिम दिइने भएको हो । तालिम शुक्रबार देखि संचालन भएको छ । 

सो तालिममा साविक गाविस पाङ, लेखफाट ,नाङ्गलीवाङ, शालिजा, खुर्कोट, तिलाहार ,बाजुङ, पकुवा, कटुवा चौतारी, वहाकी, शालीग्राम, रानीपानी, देवस्थान, बालाकोट, थपाठानामा गठित र परिचालित महिला सहकारी संस्थाबाट व्यवस्थापक एकएक जना गरि जम्मा २० जनाको सहभागीता रहेको छ । 

 आर्थिक रुपमा शसक्तिकरण गर्दै महिलाहरुलाई सामुहिक बचत संकलन र परिचालन गरि आयआर्जन बढाउन सहकारी शिद्धान्तलाई विकास गराउनको लागि सो तालिम दिन लागिएको महिला तथा बालबालिका कार्यालयकी निमित्त महिला विकास अधिकारी तारादेवी सुनुवारले जानकारी दिइन् ।

तालिमको सहजिकरण डिभिजन सहकारी कार्यालय बागलुङ्गका सहकारी निरिक्षक  होम नाथ शर्मा ढकाल गर्नेछन् ।

तालिम अवधिभर  लेखाको परिचय लेखांकनका शब्दावली , लेखा समिकरण र लेखाको नियम सहकारी संकेत नम्बर अनुसार भौचर तयारी, मुख्य तथा साहयक खाताहरु प्रविष्टि, संतुलन परिक्षण,वितिय विवरणहरुको तयारी , शेयर पूजीको हिसाव किताब, बचत तथा क्रण हिसाब किताब,बर्षान्तको सूचि  समायोजन भौचर, खाता बन्दी र त्यस पछिको संतुलन परिक्षण,बचतको सिहाव किताव र वर्षानतको बचत नियन्त्रण सूचि, बचत खाता व्याज गणना , वीउँ पूजीको हिसाब किताब,संरक्षित कोष वितरर्णाथ कारोबारको अभिलेख, सङ्गीकरणका क्रममा हिसाब एकिकरण र एकीकरणका मुद जस्ता विषमा सहजीकरण सुनुवारले जानकारी दिइन् । 

 महिला तथा बालबालिका  कार्यालय बाट प्रर्वद्धित महिला सहकारीहरुमा महिला मात्रै सदस्य हुने र उनीहरुको  क्षमता विकास गराई महिला सहकारी संस्थालाइृ सहकारी शिद्धान्त अनुसार संचालन गरि महिला हरुको आर्थिक पंक्ष सवल बनाउने  तालिमको उद्धेश्य रहेको आयोजक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ