पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा प"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा प"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

सहकारी लेखा व्यवस्थापन तालिम शुरु

२०७३, २७ चैत्र आईतवार ०४:५९

पर्वत । महिला सशक्तिकरणमा टेवा पुराउने उद्धेश्यले दु्इ नगरपालिका सहित पाँच गाउँपालिकाका २० जनालाई तालिम दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना साविक २० गाउँविकास समितिका महिलाहरुलाई एक हप्ते सहकारी तथा लेखा पालन तालिम दिइने भएको हो । तालिम शुक्रबार देखि संचालन भएको छ । 

सो तालिममा साविक गाविस पाङ, लेखफाट ,नाङ्गलीवाङ, शालिजा, खुर्कोट, तिलाहार ,बाजुङ, पकुवा, कटुवा चौतारी, वहाकी, शालीग्राम, रानीपानी, देवस्थान, बालाकोट, थपाठानामा गठित र परिचालित महिला सहकारी संस्थाबाट व्यवस्थापक एकएक जना गरि जम्मा २० जनाको सहभागीता रहेको छ । 

 आर्थिक रुपमा शसक्तिकरण गर्दै महिलाहरुलाई सामुहिक बचत संकलन र परिचालन गरि आयआर्जन बढाउन सहकारी शिद्धान्तलाई विकास गराउनको लागि सो तालिम दिन लागिएको महिला तथा बालबालिका कार्यालयकी निमित्त महिला विकास अधिकारी तारादेवी सुनुवारले जानकारी दिइन् ।

तालिमको सहजिकरण डिभिजन सहकारी कार्यालय बागलुङ्गका सहकारी निरिक्षक  होम नाथ शर्मा ढकाल गर्नेछन् ।

तालिम अवधिभर  लेखाको परिचय लेखांकनका शब्दावली , लेखा समिकरण र लेखाको नियम सहकारी संकेत नम्बर अनुसार भौचर तयारी, मुख्य तथा साहयक खाताहरु प्रविष्टि, संतुलन परिक्षण,वितिय विवरणहरुको तयारी , शेयर पूजीको हिसाव किताब, बचत तथा क्रण हिसाब किताब,बर्षान्तको सूचि  समायोजन भौचर, खाता बन्दी र त्यस पछिको संतुलन परिक्षण,बचतको सिहाव किताव र वर्षानतको बचत नियन्त्रण सूचि, बचत खाता व्याज गणना , वीउँ पूजीको हिसाब किताब,संरक्षित कोष वितरर्णाथ कारोबारको अभिलेख, सङ्गीकरणका क्रममा हिसाब एकिकरण र एकीकरणका मुद जस्ता विषमा सहजीकरण सुनुवारले जानकारी दिइन् । 

 महिला तथा बालबालिका  कार्यालय बाट प्रर्वद्धित महिला सहकारीहरुमा महिला मात्रै सदस्य हुने र उनीहरुको  क्षमता विकास गराई महिला सहकारी संस्थालाइृ सहकारी शिद्धान्त अनुसार संचालन गरि महिला हरुको आर्थिक पंक्ष सवल बनाउने  तालिमको उद्धेश्य रहेको आयोजक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली