२७ चैत्र, पर्वत ।


आगामी बैशाख ३१ गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नर्गन, विद्यालयमा आमसभा नराख्न तथा मतदान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २७ चैत्र, पर्वत ।


आगामी बैशाख ३१ गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नर्गन, विद्यालयमा आमसभा नराख्न तथा मतदान "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्वाचनको प्रचारप्रसार, आमसभा तथा जुलुश प्रदर्शनमा बालबालिका प्रयोग नगर्ने ध्यानाकर्षण

२७ चैत्र २०७३, आईतवार ०९:३८

२७ चैत्र, पर्वत ।


आगामी बैशाख ३१ गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नर्गन, विद्यालयमा आमसभा नराख्न तथा मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । 


जिल्लामा क्रियाशील नागरिक संगठनहरु जिल्ला नागरिक समाज सञ्जाल, पर्वत बार इकाई, गैसस महासंघ, इन्सेक, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वत, नेपाल पत्रकार महासंघ, नेपाल अपाङ्ग उत्थान समाज पर्वत, राष्ट्रिय मतदाता अधिकार मञ्च पर्वत र फेकोफन पर्वतले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा लामो समयदेखि स्थानीय जनप्रतिनिधिको अभावमा खल्लो महशुष हुँदै गएको लोकतन्त्रलाई जनमैत्री, समृद्ध तथा सबल बनाउन र जनमतमा आधारित शासन व्यवस्थालाई स्थापित गर्ने सन्दर्भमा आगामी विसं। २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन लागिरहेको कुराले लोकतन्त्रका पक्षधर हामी सबैलाई हर्षित बनाएको उल्लेख गर्दै निर्वाचनमा मतदाताहरुले कोही कसैको डर, धम्की, प्रलोभन, करकाप वा कुनै पनि प्रकारको जोरजबर्जस्तीमा नपरी स्वतन्त्र र निर्भयतापूर्वक शान्तिपूर्ण वातावरणमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनुपर्दछ भनिएको छ ।

ध्यानाकर्षण पत्रमा नेपाल सरकारले बालबालिका सम्बन्धी महासन्धीलाई अनुमोदन गरिसकेको साथै बालबालिका तथा विद्यालय शान्ति क्षेत्र घोषणा गरी ‘‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका– २०६८’’ जारी गरिसकेको सन्दर्भमा पर्वत जिल्लामा पनि दलहरुले चुनावको प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने र आमसभा गर्न विद्यालय परिसरलाई प्रयोग गर्न सक्ने भएकाले निर्वाचन आचारसंसहिता २०७२ को परिच्छेद– २ अन्तर्गत उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालन गर्नुपर्ने आचरणमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने सामान्य आचरणको ९ङ० मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनी किटान गरिएबमोजिम सो दफाको कार्यान्वयनका लागि जिल्लामा रहेका सरोकारवाला राजनैतिक दलहरुलाई आग्रह गरिएको छ ।

यसैगरी मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन, विद्यालयका भित्ता वा पर्खालमा निर्वाचन सम्बन्धी पोष्टर नटाँस्न, भित्तेलेखन नगर्न, निर्वाचनका सन्दर्भमा विद्यालयको भौतिक संरचनामा पुगेको हानीनोक्शानी वा क्षतीको क्षतिपूर्ति सम्बन्धित निकायबाट गर्ने व्यवस्था मिलाउनका लागि गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जिल्लामा क्रियाशील राजनैतिक दलहरुको संयुक्त बैठक राखेर ध्यानाकर्षण पत्रमा उल्लेख भएका कुराहरु लागू गर्न गराउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा क्रियाशील नागरिक संगठनहरुको तर्फबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीले सहायक प्रमुख जिल्ला अधिकारी ढकाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतको पहलमा तयार गरिएको ध्यानाकर्षणपत्रमा राजेन्द्र पहाडी, विश्वराज पाण्डेय, किशोर सापकोटा, राजेन्द्र पौडेल, छविलाल तिवारी, जगन्नाथ शर्मा, यज्ञप्रसाद शर्मा, मानकुमारी गिरी र शेषराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ । नागरिक समाज सञ्जालमा संगठित विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि संलग्न प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ