Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बेरोजगार नेपाली भारतमा कष्टपुर्ण काम गरेर तलब माग्दा सास्ती खेप्दै

२०७३, २७ चैत्र आईतवार १५:२६

लोकेन्द्र प्रशाद जोशी । चैत २७, दार्चुला | गाउँमै काम नपाइने र आफ्नै खेत जोतखन गरेर बर्षभरी २ छाक टार्न नपुग्ने बाध्यताले जहान र लालाबाला र परिवार छोडेर शुदुरपश्चिमका सयौ युवा मजदुरिका लागी भारतका बिभिन्न सहरहरुमा धाउँनेगरेका छन । तर बर्षभरी दैनिक मजदुरी गरेर घर फर्कीनेबेला कतिपयले रित्तोहात फर्कीनुपर्ने अवस्था समेत शृजना हुने गरेको छ ।  नेपालीहरु श्रम शोषणमा पर्दा समेत मालीकको डरले मुख खोल्नै सक्दैनन् । 

दार्चुला, बैतडि लगायत शुदुरपहाडका थुप्रै मानिसहरु कामको सिजनमा घर फर्कीने र बाकी एक बर्षमा १० महिनाजति भारतमा मजदुरी गरेर बिताउँने गरेका छन । आइतबार भारत धारचुलाको सुप्लाबाट महिनौ मजदुरी गरेर बैतडिको एउटै गाउँका दर्जनबढि मानिसहरु घर फर्कीने भनेर मालीक सहित दार्चुला सदरमुकाम खलंगा पुगेका छन । कारण मालीकले कामगर्ने ठाउमाँ पैशा छैन, दार्चुलामा पैसा दिन्छु भनेपनि अलिअलि पेश्की रकम सम्म लिएर धारचुला हुदै दार्चुला आएका हुन । आइतबार पैसा दिन्छु भनेपनि पैसा नदिएपछि एउटै गाउँका दर्जनबढी युवाहरु भाडा तिरेर दार्चुला सदरमुकाम खलंगामै बसेका छन । पत्रकारहरुले यो घटना थाहा पाएपछि मालीक आन सिह रोक्कालाइ भेटन् जादा उल्टै पत्रकारहरुलाइ समेत थर्काएर भन्छन, म दिदैन् तपाइहरुनै दिनु !  मेरोमा काम यिनिहरुले गरेका हुन् तपाइहरुलाइ टाउँको दुखाइ किन ? यो त प्रतिनिधि घटना मात्र हो यसरि कयौ नेपाली तोकेको पैसा नपाएर रुदै घर फर्किन बाध्य छन । 

घरमा कामको चटारो छ । यता भाडा तिरेर बस्नु परेको छ, बसेर पनि पैसा पाइन्छ, कि पाइन्न नाम नबताउँने सर्तमा एकजना मजदुरले भने, साहुले पैसाको कुरा गर्दा झर्केर बोल्छ । के गर्ने ? हाम्रो ४ लाख बढी पैसा हो, करिब एक लाख दिएको छ । खेतमा गहु छरेर मजदुरीका लागी आएका हौँ, अब खेतमा लगाएको गहु भिञ्याएर बर्खेबाली लगाउँने समय भएका कारण घर फर्कीन लागेका छौ साबिकको कोटिला गाबिस ७ ऐरीगाउँका ५१ बर्षीय जग्गि ऐरीले भन्नुभयो । सबै हामी एउटै मालीककोमा काम गथ्यौ त्यसैले एउटै गाउँ भएकोले संगै फर्कीन लागेका छौ । मजदुरीकालागी बालकदेखी बृद्धसम्म सबै भारत जाने गरेका छन । ऐरीगाउँकै १६ बर्षीय कल्यान ऐरी कक्षा ३ मा पढ्दानैै पढाइ छोडेर मजदुरी गर्न भारत गएको बताउँछन । उहालाइ ३ कक्षामा पढ्ने बेला भारत जानुको कारण सोध्दा सहजै जवाफ दिन्छन, गरीबिको कारण । 

ऐरी मात्रै हैन, सयौ बालबालीकाहरु कति बाध्यताले त कति पढाइ र जिन्दगीको महत्त नै नबुझेर भारत गएर मजदुरी गर्ने गरेका हुन । बालक मात्र हैन, बसीबसी खानुपर्ने पाको उमेरका बृद्धहरु समेत भारतमै मजदुरीकालागी गएका भेट्टिन्छन । ऐरीगाउँका ६२ बर्षीय धन सिह ऐर समेत युवाहरुसंगै भारी बोक्दै घर फर्कीरहेका थिए । उनि भन्छन । घरमा सानो एउटा छोरा छ, उसकोलागी भएपनि जेनतेन काम त गर्नेपर्यो । यस्तै बिहे गरेर श्रिमति घरको सहारा छोडेर आफु बिदेसिन समेत युवाहरु बाध्य छन ।  १८ बर्षमा बिहे गरेको केहि दिनमै मजदुरीकोलागी भारत आएको आज घर फर्कीदै छु, उक्त समुहका एक युवाले भन्नुभयो । 

यसरि आफ्नो पिडा त छ नै तर महिनौ पसिना बगाएर काम गरेकोे पैसा साहुले नदिदा गहभरी पिडा बोकेर फर्कीन बाध्य भएका छन । नेपालमै रोजगारीको वाताबरण नहुदा यसरि बिदेसी भुमिमा अर्काको ज्याजति सहदा निकै मन दुख्ने गरेको ऐरिले बताउँनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी