ललित बोहरा/ माघ २२, डडेल्धुरा । डडेल्धुरा प्रहरीले एकैदिनमा ११ जना बन मुद्धाका फरार अभियूक्तहरु पक्राउ गरेको छ । डडेल्धुराको आलितल गाबिस , शिर्ष गाबीस र परशुराम नगरपालीका बिभिन्न स्थानबाट २ बर्ष पहिलेबाट बनमुद्धा लागि फारार रहेकाहरुलाई पक्राउ गरेको हो ।
प्रक्राउ पर्ने मध्ये परशुराम नगरपालीका वडा नं ९ बस्ने ५७ बर्षीय काशी बोहरालाई जिल्ला अदालत डडेल्धुरा १ महिना १२ दिनको लागी र अन्य परशुराम नगरपालीका बडा नं १२ का ५८ बर्षीय धर्मान्द भटट् , आलिताल गाबिस वडा नं ४ बस्ने ५१ बर्षीय भवानी दत्त भटट् , ४६ बर्षीय करन सिह मडै ,६० बर्षीय खडक साउद ,६२ टिका सिह साउद ,६६ बर्षीय चन्द्र बहादुर साउद ,७४ बर्षीय देब बहादुर महरा ,४३ बार्षीय मनि राज भट्ट र ४३ बर्षीय प्रकाश साउद सबैलाई शुक्रबार जिल्ला अदालत डडेल्धुराले ७ दिनको कदै सजायको लागी कारागार चलान गरेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । यस्तै शिर्ष गाबिस वडा नं ८ बस्ने ५२ बर्षीय जानकी देबी अबस्थीलाई भने ८४हजार १ सय २२ रुपीँया नगद जरिवाना तिराई छोडीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक बिपीन कमार्चायले जानकारी दिनु भयो ।