2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चुनाव लड्न प्रधानाध्यापकले दिए राजीनामा

चैत २८, बागलुङ | बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिनुभएको छ । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हाल्नुभएको प्रअको जिम्मेवारी त्याग्नुभएको हो । 

आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझाएको शर्माले बताउनुभयो । बागलुङ नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्माको नाम आकाङ्क्षीको सूचीमा छ । “२३ वर्षसम्म निष्ठापूर्वक शिक्षण पेसा गरेँ, अब पार्टीको बफादार सिपाही बन्छु”, शर्माले भन्नुभयो । असल प्रअको राजीनामाले दुःखी तुल्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य माया थापाले प्रतिक्रिया दिनुभयो । 

पाँच सय विद्यार्थीले पढ्ने उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन शर्माले निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीलाई समेत सोही विद्यालयमा ल्याएर भर्ना गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई