Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पर्वतमा लम्फूको छायांकन शुरु

By kit

पर्वत । पर्वतका युवा कलाकार गोपाल लामिछानेद्धारा निर्देशित फिल्म लम्फूका कलाकार टोली पर्वत आइपुगेका छन् । फिल्मका कलाकारहरु छायांकनका लागि पर्वत आएका हुन् ।

आइतबार फिल्म युनिटले अग्लो झोलुङगे पुलको आसपासमा छायांकन थालेको हो । पर्यटकीय जिल्ला पर्वतका धार्मिक र पर्यटकीय महत्वका रमणीय स्थलहरुमा फिल्मको छायाँकन गरिने जनाइएको छ । निर्देशक लामिछानेले भने–‘पर्वतको पर्यटन र यहाँको सांस्कृतिक पक्षलाई प्रचारप्रसार गर्न  फिल्मले सहयोग पुराउने छ ।’

स्थानीय कलाकारहरुले समेत फिल्ममा अभिनय गर्ने निर्देशक लामिछानेको भनाई छ । स्थानीय तहमा फिल्म छायांकन टोलीलाई मिलन क्लवले संयोजनकारी भूमिका निभाएको छ । मिलन क्लवको संयोजनमा पत्रकार सम्मेलन गरी फिल्म र छायांकनबारे निर्देशक लामिछानेले जानकारी गराएका थिए ।

शक्तिवल्दव घोरासिनी निर्माता रहेको चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायतको प्रमुख अभिनय रहनेछ । त्यसैगरी फिल्ममा स्थानीय कलाकारहरु थमनसिंह पुर्जा, सन्तोष कार्की, विज्ञान हमाल, एभरेष्ट गहतराज, सृजना बस्याल, काजल विसी, सरिता सेन्चुरी, विमा पुन, विमला विसी, विकास शर्मा, दिपकराज पाण्डे लगायतले अभिनय गर्नेछन् । पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । सो ब्यानरबाट यसअघि चलचित्रहरु ’किन लाग्छ माया’, ’बोक्सी’ र ’दि मिरर’ निर्माण भईसकेका छन् साथै पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ’ओ माइ म्यान’ नामको लघु चलचित्र पनि निर्माण भइसकेको छ ।

फिल्मको कथाले सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा देखाउछ भने उसले यात्रा गर्ने क्रममा भोगेका  आरोह अवरोहलाई उल्लेख गर्ने छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा द्वन्द्व अष्ट महर्जनको छ भने दिपक बज्राचार्यले छायांकन र हरि सिलवालले सम्पादनको जिम्मेवारी निभाउने छन् । त्यसैगरी नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।

पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेकोमा यतिखेर पर्वतमा छायांकन हुँदैछ । पर्वतका रमणीय स्थलहरुमा खिचिन थालेको लम्फू काठमाडौंमा समेत खिचिने निर्देशकले बताए ।

चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहने बताइएको छ । पर्वतकै चित्रेमा घर भई हाल अस्टे«लिया बस्दै आएका ओम गुरुङ अध्यक्ष रहेको हाइलाइट्स नेपालले फिल्म वितरणको जिम्मा लिएको छ ।

मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षता तथा सचिव विनोद वि. पोख्रेलको संचालनमा भएको थियो ।