१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नौ महि पछि परेको पानिले स्थानिय किसानहरु हर्षित

२६ माघ २०७२, मंगलवार ११:३८

धुर्ब बिष्ट । माघ २६, डडेल्धुरा । लामो समय देखि पानि नपर्दा निराशा छाएको सुदूरपश्चिमबासिका मुहारहरुमा यो साताको बर्षाले गर्दा हर्ष छाएको छ । महिनौँ देखिको खडेरीले यस क्षेत्रका खेतहरुमा लगाएको अन्नबाली र हिँउदे तरकारी अस्तव्यस्त थियो ।

कतिपय ठाँउहरुमा गहुँ नउम्रिएको अबस्था थियो भने कतिपय ठाँउहरुमा गहँबाली पहेलिएको समस्या थियो त कुनै ठाँउमा सुक्दै गएको गहुँबाली गाई भैसीँलाई घाँसको रुपमा खुवाउनुपर्ने अबस्था आएको थियो । तर यो साताको सुरुवातीमै भएको बर्षाले सुदूरपश्चिमका चिन्तित किसानहरुमा खुसी ल्याएको छ । पानी परेपछि किसानहरु हिँउदे बाली गहुँ, जौ, मसुरो, तरकारी खेती सप्रिनेमा खुसी छन ।

स्याउला सोत्तर र घाँस नपलाउँदा घरपालुवा जनावरलाई पाल्न समेत समस्या भएको बेलामा पानिले गर्दा घाँसपात समेत पलाउनेमा विश्वस्त छन । लामो समयदेखि खडेरी परेको सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुका खेतबारीमा यसै साताको शुरुमा परेको पानिले धेर–थोर मात्रामा भएपनि राहत मिलेको छ । लामो समय देखि पानी नपरेकाले कृषीबाली सुक्न लागेका बेला पानी परेपछि अन्नबाली र तरकारी बालिका लागि राम्रो भएको भन्नुहुन्छ बिगतका बर्षहरुमा मंसिर, पुस महिनामै पानि पर्ने भएपनि यो बर्ष महिनौँ ढिला पानि परेको स्थानियहरुको भनाई छ ।

डडेल्धुराको भात्काँडा क्षेत्रमा माघको अन्तिम र फागुन महिनाको सुरुवातीमा लगाइने आलु खेतिमा समेत यो बर्षाले सहज पु¥याउने बताउन ुहुन्छ । सुदूरपश्चिमका अधिकांश ठाँउहरुमा लगाइने गहुँ, तोरी लगायतका अन्नवालीका साथै आलु, काउली, बन्दा, मुला लगायतका तरकारीमा पनि यसपालि खासै राम्रो उत्पादन हुन सकेको थिएन ।

विगतका वर्षहरुमा आलु, खुर्सानी, काउली जस्ता हिउँदे खेतिबाट राम्रो आम्दानी गर्ने किसानहरु यसपटक मारमा परेका हुन । कतिपय ठाँउहरुमा त पानिका मुहानहरु समेत सुक्न लागेका थिए । तर यो साताको पानिले सबैलाई हर्षित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का