Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय

२०७३, २८ चैत्र सोमबार ०८:०१

चैत २८, उदयपुर । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ । 

यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्डजरिवाना गर्ने फैसला गरेको छ । 

पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त राई र पाठकलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र दण्डजरिवानाको फैसला गरेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार ऋतबहादुर मगरले बताउनुभयो । 

यस्तै राईलाई जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले आठ वर्ष जेलसजाय र रु १५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । 

पाठकलाई गत साउन १५ गते स्थानीय एक छिमेकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो भने राईलाई गत पुस २२ गते स्थानीय एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै