2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमाओवादीको जिल्ला कमिटि विघटन,३९ सदस्यिय अधिवेशन आयोजक कमिटि गठन

माघ २७, डडेल्धुरा । एकिकृत नेकपा माओवादी जिल्ला कमिटी डडेल्धुराको डेढवर्षमै आन्तरीक विवादका कारण विघटन भएको छ ।

जिल्ला कमिटी विघठन गर्दै चौथो जिल्ला अधिवेशनका लागि केन्द्रीय सदस्य एवं डडेल्धुरा ईन्चार्ज जगत पार्किको संयोजकत्वमा ३९ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । यसैगरी आयोजक मुल समितिमा उमेश भटट्, मानसिह माल, सुलोचन महरा, नवराज भाट, अमर वोहरा, कुन्ती जोशी, लक्ष्मी धिक्त, महेश महरा, अथक कुमार धामी, लालवहादुर धामी, धनवहादुर धामी, चन्द्र सिह ठकुराठी,अमर वोगटी, सोनलाल दमाई,करुणार ओझा, शुरेष दमाई, चन्द्रीका पार्की, जनक कलौनी, लाई चयन गरीएको छ । यसैगरी डडेल्धुरा जिल्लालाई पाँच वटा क्षेत्रमा समेत विभाजन गरीएको छ ।

पुर्वी क्षेत्रका कोटेली, मणीलेक, नवदुर्गा, वेलापुरा, मष्टमाण्डौ, कैलपालमाण्डौ, गणेशपुर, अशिग्राम को ईन्चार्जमा लक्ष्मी धिक्त, क्षेत्र नं. २ अमरगढी नगरपालीकाको ईन्चार्जमा करुणाकर ओझा,क्षेत्र नंं. ३ अन्र्तगत वगरकोट, समैजी, अजयमेरु, भद्रपुर, चिपुर, देवल दिव्यपुर, भागेश्वर र रुपाल को ईन्चार्जमा नवराज भाट र सह ईन्चार्जमा चन्द्र ठकुराठी तयसैगरी क्षेत्र नं. ४ अन्र्तगत परशुराम नगरपालीकाको ईन्चार्जमा लालवहादुर धामी र क्षेत्र नं. ५ अन्र्तगत आलीताल र गांखेत को ईन्चाजृमा सुलोचन महरालाई चयन गरीएको एनेकपा माओवादी द्धारा वुधवार प्रकाशित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

डडेल्धुरा ईन्चार्ज पार्कीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा चैत्र मशान्त सम्म सदस्यता नविकरण गरीसक्नु पर्ने निर्णय गरीएको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ । त्यसैगरी विभिन्न विभाग समेत गठन गरीएको उक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

जस्मा संगठन विभागमा जगत पार्कीको नेतृत्वमा पाँच सदस्यीय,अनुशासन विभाग महशे महराको नेतृत्वमा तिन सदस्यीय ,त्यसैगरी स्कुलीङ विभाग जनक कलौनीको संयोजकत्वमा चार सदस्यीय ,प्रकाशन तथा सूचना संचार विभागमा उमेश भटटको संयोजकत्वमा तिन सदस्यीय,जनसम्पर्क तथा विकास निर्माण विभागमा मान सिह मालको संयोजकत्वमा चार सदस्यीय,महेश महराको संयोजकत्वमा चार सदस्यीय लेखा परिक्षण विभाग, जगत पार्कीको नेतृत्वमा ६ सदस्यीय सरकार संचालन सहयोग संयन्त्र गठन गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई