चैत २८, बर्दिया । बर्दिया जिल्लाको बबई नगरपालिका वडा नं ९ मा कोहलपुरबाट चिसापानी तर्फ गइरहेको बा १ ज ५२०१ नंको बसले विपरीत दिशाबाट आइरहेका साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु र साइकल यात्री घाइते भएका छन् ।

मृत्यु हुनेमा बबई नपा वडा नं ९ बस्ने १७ वर्षीय विजय विसी रहेका छन् । दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् भने उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

अरु सातजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते दुईजना कोहलपुर–५ की २६ बर्षिया सबिता पाठक र बनकटुवा–४ की ५० बर्षीया जमुनादेवी हमाललाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

अन्य नौजना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । रासस