टेक शाही/चैत ३०, डोल्पा । डोल्पामा टेलीकमको चिमराको लेकमा रहेको रेडियो लिकँमा समस्या आए पछि हालको ठुली भेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकामा २७ घण्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३०, डोल्पा । डोल्पामा टेलीकमको चिमराको लेकमा रहेको रेडियो लिकँमा समस्या आए पछि हालको ठुली भेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकामा २७ घण्"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा २७ घण्टासम्म मोबाइल र इन्टरनेट सेवा बन्द, ग्राहाक मर्कामा

३० चैत्र २०७३, बुधबार ०२:१५


टेक शाही/चैत ३०, डोल्पा । डोल्पामा टेलीकमको चिमराको लेकमा रहेको रेडियो लिकँमा समस्या आए पछि हालको ठुली भेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकामा २७ घण्टा भन्दा बढि समय सञ्चार सेवा बन्द भएको थियो । 

नेपाल टेलीकमले बितरण गरेको नमस्ते मोबाइल,सिडिएमए फोन र एडिएसएल इन्टरनेट सेवा सोमबार बिहान देखि बन्द हुदा ग्राहाक मर्कामा परेका छन । सोमबार बिहान ११ बजे पछि चिमराको लेकमा रहेको नेपाल टेलिकमको रेडियो लिकँको टावरमा समस्या आए पछि मोबाइल र इन्टरनेट सेवा बन्द भएको हो । हालका २ वटा नगरपालिकामा सँचार बिहिन भए पछि हजारौ सेवाग्राहिहरु मर्कामा परेका हुन । तर ल्यानलाइन रेडियो लिँकबाट जडित नँभएको कारण ल्यानलाइन भने सुचारु नै रहेको छ ।

डोल्पामा ६ वटा नमस्ते मोबाइल टावरका बिटिएस राखिएका छन । उक्त ६ वटा मध्य हालका २ वटा नगपालिका भित्र रहेका २ वटा टावरका बिटिएस रेडियो लिकँमा जडित रहेका छन । चिमराको लेखमा समस्या आए पछि इन्टरनेट र मोबाइल सेवा बन्द भए पछि बैँक देखि आइएमइ सञ्चालकहरु सबै भन्दा धेरै मर्कामा परेका हुन । 

स्थानिय तहको निर्वाचनको माहोल ताति रहेको बेलामा २ दिन बित्न लाग्दा पनि मोबाइल र इन्टरनेट सेवा सुचारु नँभए पछि नेता देखि कार्यकर्ताहरु आक्रोसित रहेका छन । त्यसै गरि सदरमुकाम दुनैमा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका अधिकाँश कामहरु प्रभाबित भएका छन । क्म्पूटरको जमानामा हातले लेख्न बाध्य रहेको सरकारी कार्यालयका कर्मचारिहरु बताउनुहुन्छ । भने अनलाइन रिपोट देखि दैनिक इमेल आदान प्रदान गर्ने गैरसकारि कार्यालयका कर्मचारिहरुलाइ समेत काम गर्न नँसकेको कर्मचारिहरु बताउछन ।

दैनिक लाखौको कारोबार गर्ने नेपाल टेलीकमले लाखौको घाटा ब्यहोरेको छ । त्यसै गरि सुचनाको मूख्य साधन मोबाइल र इन्टरनेट भएको कारण दुबै सेवा एकै पटक जाँदा उकुस मुकुस भएको र बिना काममा कार्यालयमा बस्नु परेको कर्मचारिहरु सुनाउछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ