टेक शाही/चैत ३०, डोल्पा । डोल्पामा टेलीकमको चिमराको लेकमा रहेको रेडियो लिकँमा समस्या आए पछि हालको ठुली भेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकामा २७ घण्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३०, डोल्पा । डोल्पामा टेलीकमको चिमराको लेकमा रहेको रेडियो लिकँमा समस्या आए पछि हालको ठुली भेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकामा २७ घण्"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा २७ घण्टासम्म मोबाइल र इन्टरनेट सेवा बन्द, ग्राहाक मर्कामा

२०७३, ३० चैत्र बुधबार ०२:१५


टेक शाही/चैत ३०, डोल्पा । डोल्पामा टेलीकमको चिमराको लेकमा रहेको रेडियो लिकँमा समस्या आए पछि हालको ठुली भेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकामा २७ घण्टा भन्दा बढि समय सञ्चार सेवा बन्द भएको थियो । 

नेपाल टेलीकमले बितरण गरेको नमस्ते मोबाइल,सिडिएमए फोन र एडिएसएल इन्टरनेट सेवा सोमबार बिहान देखि बन्द हुदा ग्राहाक मर्कामा परेका छन । सोमबार बिहान ११ बजे पछि चिमराको लेकमा रहेको नेपाल टेलिकमको रेडियो लिकँको टावरमा समस्या आए पछि मोबाइल र इन्टरनेट सेवा बन्द भएको हो । हालका २ वटा नगरपालिकामा सँचार बिहिन भए पछि हजारौ सेवाग्राहिहरु मर्कामा परेका हुन । तर ल्यानलाइन रेडियो लिँकबाट जडित नँभएको कारण ल्यानलाइन भने सुचारु नै रहेको छ ।

डोल्पामा ६ वटा नमस्ते मोबाइल टावरका बिटिएस राखिएका छन । उक्त ६ वटा मध्य हालका २ वटा नगपालिका भित्र रहेका २ वटा टावरका बिटिएस रेडियो लिकँमा जडित रहेका छन । चिमराको लेखमा समस्या आए पछि इन्टरनेट र मोबाइल सेवा बन्द भए पछि बैँक देखि आइएमइ सञ्चालकहरु सबै भन्दा धेरै मर्कामा परेका हुन । 

स्थानिय तहको निर्वाचनको माहोल ताति रहेको बेलामा २ दिन बित्न लाग्दा पनि मोबाइल र इन्टरनेट सेवा सुचारु नँभए पछि नेता देखि कार्यकर्ताहरु आक्रोसित रहेका छन । त्यसै गरि सदरमुकाम दुनैमा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका अधिकाँश कामहरु प्रभाबित भएका छन । क्म्पूटरको जमानामा हातले लेख्न बाध्य रहेको सरकारी कार्यालयका कर्मचारिहरु बताउनुहुन्छ । भने अनलाइन रिपोट देखि दैनिक इमेल आदान प्रदान गर्ने गैरसकारि कार्यालयका कर्मचारिहरुलाइ समेत काम गर्न नँसकेको कर्मचारिहरु बताउछन ।

दैनिक लाखौको कारोबार गर्ने नेपाल टेलीकमले लाखौको घाटा ब्यहोरेको छ । त्यसै गरि सुचनाको मूख्य साधन मोबाइल र इन्टरनेट भएको कारण दुबै सेवा एकै पटक जाँदा उकुस मुकुस भएको र बिना काममा कार्यालयमा बस्नु परेको कर्मचारिहरु सुनाउछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै