२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा झैँझगडा मिलाउन महिलालाई मेलमिलाप तालिम

२०७३, ३० चैत्र बुधबार ०८:१८

चैत ३०, डडेल्धुरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा अमरगढी नगरपालिकाभित्रका महिलालाई समाजिक मेलमिलापसम्बन्धी तालिम दिइएको छ । 

अमरगढी नगरपालिका भित्रका २५ अगुवा महिलालाई चुनावको समयमा र अन्य समयसमेत हुने झँैझगडा गाउँमै मिलाउनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न तालिम आयोजना गरिएको आयोजक संस्था समुदायिक मेलमिलाप केन्द्र डडेल्धुराका अध्यक्ष भरत नेपालीले जानकारी गराउनुभयो । 

स्थानीयस्तरमा हुने झगडा, बहुविवाह, घरेलु हिंसा, अशंबन्डासम्बन्धी घटनालगायतका कुरा मिलाउन सहजीकरण गर्नका लागि सहभागी महिलालाई सो तालिम दिइएको हो । 

अधिवक्ता हरि भट्ट अधिवक्ता रोहित देउवा, अमगढी नगरपालिका सूचना अधिकृत लालबहादुर साउदलगायतले सहभागीहरुलाई तालिमका विविध विषयमा जानकारी गराउनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध