Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

डडेल्धुरामा झैँझगडा मिलाउन महिलालाई मेलमिलाप तालिम

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३०, डडेल्धुरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा अमरगढी नगरपालिकाभित्रका महिलालाई समाजिक मेलमिलापसम्बन्धी तालिम दिइएको छ ।

अमरगढी नगरपालिका भित्रका २५ अगुवा महिलालाई चुनावको समयमा र अन्य समयसमेत हुने झँैझगडा गाउँमै मिलाउनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न तालिम आयोजना गरिएको आयोजक संस्था समुदायिक मेलमिलाप केन्द्र डडेल्धुराका अध्यक्ष भरत नेपालीले जानकारी गराउनुभयो ।

स्थानीयस्तरमा हुने झगडा, बहुविवाह, घरेलु हिंसा, अशंबन्डासम्बन्धी घटनालगायतका कुरा मिलाउन सहजीकरण गर्नका लागि सहभागी महिलालाई सो तालिम दिइएको हो ।

अधिवक्ता हरि भट्ट अधिवक्ता रोहित देउवा, अमगढी नगरपालिका सूचना अधिकृत लालबहादुर साउदलगायतले सहभागीहरुलाई तालिमका विविध विषयमा जानकारी गराउनुभएको थियो । रासस