३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै

३१ चैत्र २०७३, बिहीबार ०५:४५

चैत ३१, नुवाकोट |  नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ । 

जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा भएको छ । 

दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवान्स्वरुप रहेका धामीधमिनी अहिले नुवाकोटको धरमपानी पुग्नुभएको छ । गएको मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गर्नुभएका धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् बिहान ४ बजे धरमपानीमा पुर्याइएको हो । 

अहिले धरमपानीमा आराम गरिरहनुभएका धामीधमिनी र रथको पूजाआजासहित अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवम् वैदिक विधि रहेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । 

मङ्गलबार मध्यरात देवीघाट पुग्नुभएका धामीले करिब २४ घन्टाको बसाइमा विभिन्न जिउँदो पशु÷चौपायाको भोग खाएर नयाँ वर्षको गोप्य भविष्यवाणी गर्नुभएको छ । उहाँले गर्नुभएको भविष्यवाणी हुलाकमार्फत राष्ट्रपतिसमक्ष पठाइएको छ । 

द्वारे महेन्द्रकुमार शाहीका अनुसार भगवान् भैरवीदेवी मन्दिरको प्रतीकात्मक रुपमा धामीधमिनीले विभिन्न गुठी राख्ने तथा दोहोरो कुरा गर्ने प्रचलन पहिलेदेखि नै सुरु भएको हो र यसलाई निरन्तरता दिइएको छ । 

सिन्दूरे जात्राको मुख्य आकर्षण धामीले भोग खाएको हेर्न, सिन्दूर खेल्न धामीधमिनी, भैरवीदेवी र जालपादेवी मन्दिरको दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लाका हजाराँै भक्तजन यहाँ आएका छन् । 

यो वर्षको भैरवी वर्षबन्ध सोमबारदेखि सुरु भएर आज विशेष रुपमा मनाइँदै छ । रासस (तस्बिर उपलब्ध छ)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध