पढ्न करिब 1 मिनेट लाग्छ

विमल धामी/चैत ३१, कञ्चनपुर । बेल्डाँडीका बिभिन्न ठाउँमा चोरी शिकार नियन्त्रण सम्वन्धि युवा परिचालन अभियान अभिमुखीकरण तालिम दिईएको छ ।

बेल्डाँडी र रौतेली बिचवाको बिचमा रहेको बागेश्वरी उपभोक्ता समितिको आयोजनामा चोरी शिकार नियन्त्रण समितिलाई २ दिने अभिमुखिकरण तालिम दिएको बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीले जानकारी दिनु भयो ।

मध्यवर्ती क्षेत्र अन्र्तगत समुदायमा चोरी शिकार नियन्त्रण समिति लाई सकृय बनाउन र अभिमुखिकरण तालिम दिईएको हो । तराई भु–परिधि कार्यक्रम संरक्षित तथा मध्यवर्ती क्षेत्र चितवनको सहयोगमा कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रको सहजीकरण तिलक चौधरी र कर्ण बहादुर कुवरले गरेका थिए । चोरी शिकारी नियन्त्रण गर्नका लागि सबै जागरुक हुन भन्ने उदेश्यले अभिमुखिकण गरेको बताए । सहभागिहरुले यस्ता बिषमा अभिमुखिकरण गराए चोरी शिकार नियन्त्रणमा ठुलो टेवा पुग्ने वताए ।